रत्ननगरमा खोप तथा मातृशिशु सेवा केन्द्र उद्घाटन

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १ का खोप तथा मातृशिशु सेवा केन्द्रको आइतवार उद्घाटन गरिएको छ । वडाध्यक्ष कुलप्रसाद सापकोटाले एक औपचारिक कार्यक्रमका बीच सेवा केन्द्रको उद्घाटन गरेका हुन ।

सो अबसरमा उनले आमा र बच्चाको स्वास्थ्य सुरक्षाका लागि नियमित खोप र परीक्षणका लागि सेवा केन्द्र स्थापना गरिएको बताए । आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितताको लागि खोप केन्द्र सञ्चालनमा आएको उनले बताए । स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले सबै वडामा स्वास्थ्यचौकी स्थापना गरी खोप सेवा सञ्चालन भइरहेको बताए ।

कार्यक्रममा वडा सदस्य उमादेबी पौडेल, नेकपा एमालेका दोबराज खत्री, नेपाली काँग्रेसका काशिनाथ पौडेल, माओवादी केन्द्रका विष्णु पौडेल, बकुलहर माविकी प्रधानाध्यापक कमला ढकाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा वडा सदस्यहरु गिरिराज लम्साल, विन्दु मगराती, सुर्यविक्रम चौधरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम वडा सचिव सुर्य प्रसाद ढुंगानाले सञ्चालन गरेका थिए ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker