रत्ननगरमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को सम्पर्क कार्यालय उद्घाटन

चितवन, साउन ३ । रवि लामिछानेले गठन गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रत्ननगर नगर समिति, चितवनको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । रत्ननगर नगर- १ मा मंगलवार सम्पर्क कार्यालय उद्घाटन गरिएको हाे ।

राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्लाका सभापति यम शर्माले पार्टीको चुनाव चिन्ह घण्टी बजाएर कार्यालय उद्धघाटन गरे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्लाका सभापति शर्माले देश विकराल अवस्थामा पुगेकाले अर्को पार्टी खोलेर कार्यालय स्थापना गर्नुपरेको बताए ।

उनले भने, ‘अर्को पार्टी स्थापना गर्नु नपर्ने गरि देश र जनताको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले कार्य गरेर देखाउँनेछ ।’
पार्टीको विधि विधान र निति अनुसार काम गरेर अगाडी बढ्न आफ्ना कार्यकर्ताहरुलाई उनले सुझाव दिए । देश र राष्ट्रको अवस्था बदल्न टेलिभिजनको पर्दाबाट रवि लामिछाने आएको उनले बताए । देश चलाउनलाई सम्पूर्ण जनताहरुले लामिछानेलाई साथ दिनुपर्ने उनको भनाई छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रत्ननगरका सभापति रामनाथ भट्टराईले अब राष्ट्रको लागि विकाश आवश्यकता रहेकाले विकाशको हातेमालो युवा वर्गबाट हुनुपर्ने बताए । ४५ वर्ष भन्दा मुनिका युवाहरु यो राष्ट्रको शक्ति भएकाले युवा शक्तिलाई देश विकाशमा प्रेरणा दिनुपर्ने उनले बताए ।

कार्यालय उद्घाटन कार्यक्रममा भरतपुर महानगरपालिकाकी नगर सभापति सिता ज्ञवाली, खैरहनी नगरसभापति राज सिल्वाल, राप्ति नगर सभापति प्रकाश गैरे, कालिका नगरसभापति उमाकान्त बराल, माडी नगरसभापति नारायणदत्त रिजाल, रत्ननगर सदस्य गणेश अर्याल, भगवति सापकोटा लगाएतले मन्तव्य राखेका थिए ।

 

रत्ननगरका सभापति भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर सदस्य रामशरण भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker