रत्ननगर ९ का अतिविपन्नलाई खाद्यान्न हस्तान्तरण

रत्ननगर ०४ साउन । रत्ननगर नगरपालिका वडा नं ९ परिर्वतन टोलका अतिविपन्न परिवारलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको छ ।

रत्ननगर उद्यमी महिला समुहले सो वडाका अति विपन्न ९ परिवारलाई एक हप्ताको लागि पुग्ने खाद्यान्न सामाग्री वितरण गरिएको हो । कार्यक्रममा सुकमाया कुमाल, ज्ञानु लामा, सन्चरिया चौधरी, दीपक लामा,सुनिल लामा, दीपक लामा, सविना कुमाल,बन्नु महतो, सविता महतोलाई खाद्यान्न सामाग्री प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सो वडाका वडाध्यक्ष अनन्त अधिकारी र समुहकी अध्यक्ष देवी अधिकारीले खाद्यान्न सामाग्री हस्तान्तरण गरेका थिए । सो अबसरमा समुहकी अध्यक्ष अधिकारीले आर्थिक अभावका कारण भौकै बस्न बाध्य समुदायको पहिचान गरी सहयोग गरिएको बताइन ।

कार्यक्रममा समुह उपाध्यक्ष अम्विका ढकाल,कोषाध्यक्ष सरस्वती मर्दनीया क्रियाशिल सदस्यहरु पवित्रा सुनार, सोनी श्रेष्ठ,सीता ढकाल सहभागिता रहेको थियो । कार्यक्रम समुहका सल्लाहकार बाबुराम श्रेष्ठले सञ्चालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker