होडिङ वोर्डमा कर लिने निर्णयप्रति व्यवसायीको आपत्ती

रत्ननगर । रत्ननगर उद्योग बाणिज्य संघले व्यवसाय पहिचानको लागि पसल तथा व्यवसायको माथि राख्ने होडिङ बोर्डको शुल्क नदिन नगरपालिकालाई आग्रह गरेको छ । रत्ननगर नगरपालिकाले पसल तथा व्यवसाय रहेको घरमा राख्ने होडिङ बोर्ड १२ स्क्वायरफिट भन्दा ठुलो भए कर लिने निर्णय गरेको प्रति संघले आपत्ती जनाएको हो ।

विहीवार संघले एक विज्ञप्ती जारी गरी नगरपालिकालाई व्यवसाय कर तिरिरहेको अबस्थामा थप आर्थिक भार पर्ने गरी होडिङ बोर्डको आकार निर्धारण गरी शुल्क निर्धारण गरिएको भन्दै सो निर्णय सच्याउन आग्रह गरिएको छ ।

संघका कार्यबहाक अध्यक्ष शंकर गिरीले हस्ताक्षर गरेको विज्ञप्तीमा नगरपालिका भित्र व्यापार व्यवसाय गर्ने उद्योगी, व्यवसायी, संघ, संस्था र वित्तिय संस्थाहरुले विज्ञापन करको नाममा व्यवसाय पहिचानका लागि राखिएको वोर्डको समेत विज्ञापन करको नाममा शुल्क लिने निर्णय फिर्ता दिन माग गर्दछौं भनिएको छ ।

विज्ञप्तीमा कवाडी करको दररेट पुर्नविचार गर्न आग्रह समेत गरिएको छ । विज्ञप्तीमा नगरपालिकाले निर्याय पुर्नविचार नगरे आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker