बि पि स्‍मृतिमा रत्ननगर कांग्रेसले गर्‍यो वृक्षारोपण

नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको ४० औं स्मृति दिवसको अवसरका रत्ननगरमा वृक्षारोपण गरिएको छ । नेपाली काँग्रेस रत्ननगर नगर समितिले शुक्रबार रत्ननगरको नेपाल नमुना माध्यामिक विद्यालयको परिसरमा वृक्षारोपण गरेर स्मृति दिवस मनाएको हो ।

कार्यक्रममा विपी कोईरालाको योगदानको बारेमा चर्चा गर्दै पूर्व शिक्षा राज्यमन्त्री तथा चितवन कांग्रेसका पूर्व सभापती शेषनाथ अधिकारीले कोईरालाले प्रवर्द्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक रहेको बताए । नेपाली कांग्रेस पार्टिको चुनाव चिन्ह रुख भएकाले आफ्नो संस्थापक नेताको सम्झनामा बि पि स्‍मृतिमा वृक्षारोपण गरेर मनाउने गरिएको बताए । २०१५ सालको आमनिर्वाचनमा काँग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभएको बताए ।

कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका थिए । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्द्धक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।

कांग्रेस नगर सभापति प्रलाद सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश १ ख का सभापति गोबिन्द गौतम,महाधिवेशन प्रतिनिधि निता ढकाल, महासमिति सदस्य बासु ढुंगाना,उत्तम आचार्य,जिल्ला सचीव सुर्य अर्यालले नेपाली राजनैतिक ईतिहासमा वीपीको महत्वको बारेमा भनाई राखेका थिए । नगर सचिव अनिता अर्यालले संचालन गरेको कार्यक्रममा नगर उपसभापती अपिल अधिकारीले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा नगर,जिल्ला,प्रदेश तहका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिती रहेको थियो ।

आजै बेलुकी नेपाली कांग्रेस प्रदेश ख ले रत्ननगरमा दिप प्रज्ज्वलन गर्ने सूचना कार्यक्रम मार्फत गराइएको छ ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker