कालिकाको भट्टचौरमा स्केट पार्क संचालनमा

कालिका, चितवन- कालिकाको खोलेसिमल बजार नजिकै स्केट पार्क संचालनमा आएको छ । कालिकाको वडा नं. मा रहेको भट्टचौरमा कालिका स्पोर्ट्स जोनले पार्क संचालनमा ल्याएको हो । पार्कको शुक्रबार एक कार्यक्रम बीच संचालक विश्व खनालले रिबन काटेर उद्घाटन गरे । सञ्चालक खनालले बालबालिका तथा युवाहरुको मनोरंजन र स्केटका खेलाडी उत्पादनका लागि पार्क उपयोगी हुने बताए ।

गुड्ने चक्का सहितको जुत्ता लगाएर दौड्ने, हिड्ने खेललाई रोलर स्केट गेम भनिन्छ । सुरक्षाका लागि हेलमेट, कुहिना र घुँडामा सुरक्षाका लागि सेफ्टी बेल्ट लगाउने गरिन्छ । “मोबाइलमा व्यस्त हुनुभन्दा रोलर स्केट गेम खेल्नु शरिरका लागि फाइदाजनक छ”, उनले भने, “शारीरिक व्यायामको रुपमा पनि काम गर्छ, शरिरमा रक्तसञ्चार बढाउन सघाउँछ ।” यो खेल १० वर्षदेखि ५० वर्षसम्म उमेर समूहकाले खेल्न सक्नेछन् ।

 

केही वर्ष यता केही ठुला रेष्टुरेन्ट तथा रिसोर्टहरुमा रोलर स्केटको सहयातामा खाना, खाजा सर्भिस गरेको देख्न सकिन्छ । विदेशमा रोलर स्केट, रोल बेल, रेस लगायतका प्रतिस्पर्धाहरु समेत हुने गर्छन् । कालिका स्पोर्ट्स जोनमा यो खेल खेल्न प्रति घण्टा १ सय ५० रुपैयाँ तिर्नुपर्नेछ । १० वर्ष देखिका बालबालिकाले खेल्न मिल्ने भएता पनि १२ कम उमेर समुहका बालबालिकाहरुको लागी भने अभिभावक पनि अनिवार्य साथमा रहनुपर्ने संचालक खनालले बताए । खेल खेल्दा कुनै चोटपटक लागे वा अंगभंग भएको अवस्थामा बिमा कम्पनी मार्फत उपचार हुने संचालक खनालको भनाई छ ।

पार्कमा केहि समयमा युवाहरुको लागी स्नुकर पुल र बालबालिकाहरुको लागी अन्य मनोरन्जनात्मक खेलहरु पनि उपलब्ध हुनेछन् । स्पोर्ट्स जोनलाई बालबालिकाहरुको मिनी पार्कको रुपमा विकास गरिने संचालक खनालले बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker