रेडियो अर्पण तथा बचतको रक्तदानमा ३७ जनाले दिए रगत

चितवन, साउन ७ । रेडियो अर्पण तथा अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेड रत्ननगरले आयोजना गरेको रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् । चितवनमा देखिएको रगत अभाबलाई मध्यनजर गर्दै गरिएको कार्यक्रममा २ जना महिला सहित ३७ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक ध्रुबराज लामिछानेले जानकारी दिए ।

सो अवसरमा कार्यक्रमका प्रमुख आतिथी रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले चितवनमा रगतको अभाब भैरहँदा स्थानीय स्तरमा रक्तदान कार्यक्रमलाई अभियानको रुपमा लानुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय टॉडीका प्रमुख डिएसपी रविन बाबु रेग्मीले नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गर्नुपर्ने भन्दै नियमित रक्तदान कार्यक्रम भएमा रगतको अभाब नहुने विश्वास व्यक्त गरे ।

रेडियो तथा सहकारीका अध्यक्ष मेघनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा वडा नम्बर १ का वडाध्यक्ष कुल प्रसाद सापकोटा, वडा नम्बर १० का वडाध्यक्ष कलाधर पौडेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा रेडियोका उपाध्यक्ष यमन भुषालले स्वागत मन्तब्य राखेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker