सौराहामा आमा र बच्चा सहितको एकसिंगे गैंडाको मुर्ती अनावरण

चितवन, साउन ७ । सौराहाको गैंडा चोकमा एकसिंगे गैंडाको प्रतिमा अनावरण गरिएको छ । सामुदायिक सिप सेवा केन्द्र मार्फत प्रदेश सरकार र स्थानीय सरकारको रु ७ लाख ६७ हजार ७ सयको लगानिमा शनिवार आमा र बच्चा सहितको एकसिंगे गैंडाको प्रतिमा अनावरण गरिएको हो ।

वागमती प्रदेशका आन्तरीक तथा कानून मन्त्री कृष्ण प्रसाद खनालले गैंडाको प्रतिमा अनावरण गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री खनालले विश्वमै नेपालको चिनारीको रुपमा एकसिंगे गैंडा रहेको बताए । उनले यो चिनारीले मुलुकको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।

वडा नं.६ का अध्यक्ष किरण महतोले चितवनमा आउने पर्यटकलाई गैँडाको बारेमा जानकारी दिनु यसको उद्देश्य रहेको भन्दै उनले दुर्लभ वन्यजन्तुको संरक्षणका लागि सन्देश जाओस् भनेर पनि गैँडाको प्रतिमा स्थापना गरिएको बताए ।

सामुदायिक सिप सेवा केन्द्रका अध्यक्ष तथा निर्माण समितिका संयोजक गोकर्ण गिरिले सौराहाको गैंडाचोकमा रहेको एकसिंगे गैंडाको प्रतिमा ढल्ने अवस्थामा पुगेको हुनाले त्यसको बदलामा आमा र बच्चा सहितको अर्को गैंडाको प्रतिमा निर्माण गरिएको बताए ।

उनले भने, ‘२०६४ सालमा निर्माण गरिएको गैंडाको प्रतिमा ढल्ने अवस्थामा थियो टेको लगाएर अड्याएका थियौं चितवन आउने पर्यटकलाई गैँडाको बारेमा जानकारी उद्देश्यले आमा र बच्चा सहितको अर्को गैंडाको प्रतिमा निर्माण गयौं ।’

यस्तै, सौराहामा रहेको सामुदायिक सिपसेवा केन्द्रमा रु ८ लाख ४६ हजार २ सयको लगानिमा २ वटा शौचालय र ३३ सय स्क्वायर फिटमा मोज्याक टायल बिच्छाईएको उनले बताए । यसको लागि वागमती प्रदेश सरकारको रु १५ लाख र स्थानीय सरकारले रु १ लाख ५० हजार बजेट विनियोजन गरेको थियो ।

सामुदायिक सिपसेवा केन्द्रका अध्क्ष गोकर्ण गिरिको अध्यक्षतामा भएको कार्यक्रममा सौराहा टोल विकास संस्थाका अध्क्ष राम सिंह चौधरी, बाघमारा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जितु तामाङ, लाईन्स क्लव अफ सौराहाकी अध्यक्ष माला दाहाल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker