नेपाल नगरपालिका संघ बागमती प्रदेशको सह संयोजकमा कालिकाका बिनोद रेग्मी चयन

रत्ननगर ०८ साउन । वागमती प्रदेश स्तरीय नेपाल नगरपालिका संघको सह संयोजकमा चितवनका बिनोद रेग्मी चयन भएका छन् ।

काठमाडौमा सम्पन्न संघको छैटौं अधिवेशनले चितवनको कालिका नगरपालिकाका नगर प्रमुख रेग्मीलाई सह संयोजकमा चयन गरेको हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट सोही नगरपालिकाको वडा नं ६ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।


लामो समय देखि राजनीतिमा क्रियाशिल रेग्मी नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा कालिका नगर कमिटी इन्चार्ज समेत हुन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker