कांग्रेस कानुनी परामर्श समितिको सहसंयोजकमा अर्याल मनोनित

रत्ननगर । नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको कानुनी परामर्श शाखा समितिको संहसंयोजकमा रत्ननगरका दिवाकर अर्याल मनोनित भएका छन् ।

कांग्रेसको विधान तथा नियमावली बमोजिम जिल्ला कार्यसमिति चितवनले अर्याललाई समितिको सहसंयोजकमा मनोनित गरेको हो । रत्ननगर २ निवासी अर्याल अधिबक्ता हुन । गएको स्थानीय तहको निर्वाचनमा अर्याल मेयरका आकाँक्षी थिए ।

काँग्रेस जिल्ला समितिले कानुनी परामर्श शाखा समितिको संयोजकमा गोविन्दप्रसाद सिग्देन र सदस्यमा नीलकण्ठ अधिकारी, फूलमाया रानाभाट, विष्णु अर्याल, बलराम पौडेल र सदस्य सचिवमा श्रीराम सापकोटा मनोनीत गरिएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker