लायन्स क्लव अफ चितवन सौराहाद्धारा काउन्सिल अध्यक्ष पाण्डेलाई सम्मान

रत्ननगर । लायन्स क्लव मल्टिपल काउन्सिलका अध्यक्ष केशव पाण्डेलाई सौराहामा स्वागत तथा सम्मान गरिएको छ । लायन्स क्लव अफ चितवन सौराहाले लायन्स क्लवको सर्बोच्च पद काउन्सिलको अध्यक्षमा निर्वाचित भएका सौराहा निवासी पाण्डेलाई स्वागत तथा सम्मान गरेको हो ।

रत्ननगर, ६ निवासी पाण्डेकै पहलमा लायन्स क्लव अफ चितवन सौराहाको स्थापना भएको थियो । सौराहाका व्यवसायी समेत रहेका पाण्डेले सौराहाको पर्यटन विकास र सामाजिक क्षेत्रमा उल्लेख्य काम गर्दै आएका छन् । सौराहामा आयोजित कार्यक्रममा क्लवका अध्यक्ष सुमन घिमिरे सहित पूर्व अध्यक्षहरुले पाण्डेलाई स्वागत तथा सम्मान गरेका थिए ।

सो अबसरमा काउन्सिल अध्यक्ष पाण्डेले लामो संघर्ष पछि आफुलाई अबसर प्राप्त भएको भन्दै लायन्स क्लवहरुको संस्थागत विकास र सामाजिक सेवा कार्यलाई फराकिलो बनाउन भूमिका खेल्ने बताए । लायन्स क्लव ३२५ आरका डिष्टिक गर्भनर सिद्धार्थलाल चुकेले चितवनबासी जुझारु युवा लायन्स क्लवको काउन्सिल अध्यक्ष हुँदा गर्भगर्ने थुप्रै ठाउँ रहेको बताए ।

क्लवलका अध्यक्ष घिमिरेले सौराहामा जन्मेर लायन्स क्लवको क्षेत्रमा नेतृत्वदायी भूमिकामा देख्न पाउदा खुसी लागेको बताए । कार्यक्रममा डिष्ट्रिक सेक्रेटरी राजेन्द्र गौतम, डिष्ट्रिक एक्जेक्युटिभ को चिफ दीपेन्द्र खतिवडा, योगेन्द्रनाथ अधिकारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सचिव रन्जन भण्डारीले सञ्चालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker