खैरहनी नगर अस्पताललाई फिल्टर हस्तान्तरण

रत्ननगर । खैरहनी नगर अस्पताललाई पानी फिल्टर सहयोग गरिएको छ । रोटरी क्लब अफ पूर्वी चितवन तथा रोट्याक्ट क्लब अफ पूर्वी चितवनले विरामी र विरामी कुरुवाहरुको सहजताको लागि पानी फिल्टर सहयोग गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा क्लवका सस्थापक अध्यक्ष राममणि न्यौपाने र अध्यक्ष प्रमात सेढाईले अस्पतालका डाक्टर प्रसान्त कंडेललाई फिल्टर हस्तान्तरण गरेका थिए । कार्यक्रममा क्लवका सचिव विनोद नेपाल, रोट्याक्ट क्लव अफ पूर्वी चितवनका सस्थापक अध्यक्ष पुजन लामिछाने, अध्यक्ष रुशिना उप्रेती, सदस्य अञ्जली रोया, शिर्षक न्यौपाने, डा. सन्देश न्यौपानेको उपस्थित रहेको थियो ।

कार्यक्रममा हेपाटाइटिस सम्बन्धी सचेतनामुलक कार्यक्रम समेत गरिएको थियो । कार्यक्रम सक्षम उप्रेतिले सन्चालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker