चितवनमा बहुप्रतिक्षित मल्टीस्टारर चलचित्र ‘लाखे’ को प्रिमियर शो हुने

चितवन। सस्पेन्स र थ्रीलले भरिएको बहुप्रतिक्षित मल्टीस्टारर चलचित्र ‘लाखे’ को प्रिमियर शो चितवनमा हुने भएको छ । भदौ ३१ गते देशभरका सिनेमा हलहरुमा प्रदर्शन हुने बहुप्रतिक्षित मल्टीस्टारर चलचित्र ‘लाखे’ लाई मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा भदौ २९ गते ,बुधबार साँझ ६ बजे चितवनमा चर्चित कलाकारहरुको साथमा भव्य प्रिमियर शो हुने भएको छ ।

नेपाली सिनेमा क्षेत्रका हरेक गतिबिधिलाई प्राथमिकतामा राख्दै नयाँ तथा पुराना चलचित्रहरुको प्रचार-प्रसार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लागिरहेको मिडिया हाउसले आम दर्शकहरुको रोजाईमा नयाँ नेपाली चलचित्र ‘लाखे’ को भब्य रुपमा प्रिमियर शो गर्ने जनाएको छ ।

सार्वजनिक फर्स्टलुक पोस्टरबाटै चर्चा बटुल्न सफल बहुप्रतिक्षित मल्टीस्टारर चलचित्र ‘लाखे’ ले अहिले सामाजिक सञ्जाल लगायत विभिन्न मिडियाहरुमा व्यापक चर्चा पाइरहेको छ । चलचित्र ‘लाखे’ ले दर्शकको अपेक्षा झन् बढाएको छ ।

शो कार्यक्रममा नेपाली सिनेमा क्षेत्रका चर्चित कलाकारहरुको बाक्लो उपस्थिती हुने जनाईएको छ । प्रिमियर शोमा चलचित्र ‘लाखे’ का कलाकार संगै अन्य राष्ट्रिय कलाकारहरुलाई पनि सम्मान गरिने मिडिया हाउसका महाप्रबन्धक हरि कार्की “लक्की”ले जानकारी दिनुभयो । लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो तथा च्यारिटी शो गर्दै आएको छ । यसअघि पनि विभिन्न कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वलाई चलचित्रको विशेष शोको आयोजना गर्दै सम्मान गरेको थियो ।

सम्राट बस्नेत निर्देशित चलचित्रमा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुपविक्रम शाही, वर्षा राउत, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारीको अभिनय छ ।

गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुती रहेको चलचित्रको कथाकार र निर्माता सिजन अर्याल हुन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रमा सुसन प्रजापतिको छायांकन छ । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको पटकथा, संवाद आकाश बरालले लेखेका हुन् । अर्जुन जिसीको सम्पादन रहेको चलचित्रका गीतमा दीपक बज्राचार्यको संगीत छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker