रत्ननगरमा जग्गा बर्गीकरण सम्बन्धी अन्तक्रिया कार्यक्रम

रत्ननगर १३ असार । चितवनको रत्ननगर नगरपालिकामा जग्गाको भू उपयोग, नक्साङ्कन तथा जग्गाको बर्गीकरण सम्बन्धी अन्तक्रिया कार्यक्रम गरिएको छ ।

नगर प्रमुख प्रलाद सापकोटाको अध्यक्षता भएको अन्तर्कृया कार्यक्रममा जग्गाको नक्साङ्कन र बर्गीकरणको विषय जटिल रहेकाले आँफु राजनीतिक दलसंग सहकार्य गरेर अगाडि बढ्ने बताए । जग्गाको बर्गिकरण दिगो बिकासका लागि आवश्यक पनि रहेकाले बडा स्तरमा र टोल स्तरमा यसको बारेमा जनताको राय बुझेर मात्र आफुले काम गर्ने प्रतिवद्धता जनाए ।

सरकारले लागु गरेको भू उपयोग नीतिको कार्यान्वयन गर्दै व्यवस्थित गर्न स्थानीय सरकारले गर्नुपर्ने जिम्मेवारीका विषयमा जनप्रतिनिधि,राजनीतिक दल तथा कर्मचारीहरुलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नगर भित्रको खाली जमिनलाई व्यापारसंग नभई उत्पादनसंग जोड्नु पर्नेमा जोड दिइएको थियो ।

जग्गाको बर्गीकरण गरी कृषि,आवास र औद्योगिक क्षेत्रको निर्धारण गर्नुपर्नेमा जोड दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए । कार्यक्रममा नापी कार्यालय चितवनका इन्जिनियर शिखर पोखरेलले भू उपयोग,नक्साङ्कन तथा जग्गाको बर्गीकरण सम्बन्धी सहजीकरण गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य उत्तम आचार्य, नेकपा एमालेका नगर अध्यक्ष इश्वरी अर्याल, माओवादी केन्द्रका नगर अध्यक्ष श्याम बराल, एकीकृत समाजबादीका नगर सचिव इश्वरराज अधिकारी, राप्रपाका नगर अध्यक्ष गोविन्द अधिकारी,जनता समाजबादीका मनोज पोखरेलले भू उपयोग,नक्साङ्कन तथा जग्गाको बर्गीकरणका बारेमा पार्टीगत धारण राखेका थिए ।

उपमेयर यादव पाठकले जग्गाको खण्डिकरण नियन्त्रण गरी कृषि,आवास र औद्योगिक क्षेत्रको अबधारण अघि बढाउने बताए । कार्यक्रममा बिज्ञ सल्लाहकार रामहरी न्यौपाने, जग्गा बर्गिकरण समितीका संयोजक एवं कार्यपालिका सदस्य देवेन्द्र बहादुर भुजेल लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रम संचालन इन्जिनियर प्रकाशचन्द्र ढुंगानाले गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker