रोटरी क्लब अफ रत्ननगर द्वारा वृक्षारोपण

चितवन, साउन १४ । विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आएको रोटरी क्लब अफ रत्ननगरले वृक्षारोपण गरेको छ ।

रत्ननगर १० मा रहेको रोटरी सार्वजनिक शौचालय परिसरमा क्लबले वृक्षारोपण गरेको हो । जलवायु परिवर्तनका कारण नकारात्मक असर परिरहेकाले वातावरण संरक्षणका लागि अशोक, जामुन, काईयो, हर्रो, बर्रो लगाएतका एक सय विरुवा रोपिएको क्लवका अध्यक्ष रामहरी लम्सालले जानकारी दिए ।

सो अवसरमा क्लवले १ हजार ५८औँ नियमित बैठक सम्पन्न गरेको छ । डिष्ट्रिक गभर्नर इलेक्ट राजेन्द्र ध्वजु प्रमुख अतिथि रहेको कार्यक्रममा असिष्टेन्ट गभर्नर अशोक भण्डारी, विपिन पोखरेल, लायन अमित थपलिया, क्लवका सचिव लक्ष्मीलाल श्रेष्ठ, पूर्व अध्यक्ष निराजन खनाल लगाएतले मन्तव्य राखेका थिए । क्लवका अध्यक्ष लम्सालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker