
कावासाेती , साउन १९।
डीजीटल प्रविधिको बढ्दो प्रयोग संगै ठगिन क्रियाकलाप पनि बढीरहेको छ । विशेषगरी मोवाईल फोनहरुमा बढीमात्रमा प्रयोगमा ल्याईने भाईवर ,हवाट्स्याप लगायत यीनै सञ्जालहरुमा अफर र चिठ परेको भन्दै विभिन्न प्रलोभनमा पारेर ठगि गर्ने प्रवृति बढिरहेको भन्दै नवलपुर प्रहरीले सन्देश प्रवाह गरेको छ । बिहिबार नवलपुर जिल्ला प्रहरी र ग्लोवल आई एम ई बैक को समन्व्यमा नवलपुरको कावासोती फलफुल चोकमा सन्देशमुलक स्टीकर टासेर आम सर्वसाधरणलाई सचेत गराएको हो । पछिल्लो समय मानिसहरु बढी मात्रमा मोवाइल फोनको प्रयोग गरिने हुदा यस्ता ठगि मुलक सन्देशमा लागी धेरै ठुलो रकम नै गुम्न पुगेको हुदा यस्ता कार्यलाई रोक्ने उदेश्यका साथ सुचना मुलक स्टिकर टास्ने अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरिक्षक प्रज्वल महर्जनले जानकारी दिनुभयो । साथै उक्त अभियानले पछिल्ला समयमा यस्ता ठगि मुलक कार्यलाई नियन्त्रणमा ल्याउने विश्वास ब्यक्त गर्नुभयो।
बिहिबार कावासोतीको ब्यस्त शहर फुलफुल चोकमा लामो तथा छोटो दुरीका यात्रुबाहक बसहरुमा स्टिकर टास्नुका साथै यात्रुहरुलाई डिजिटल प्रविधिबाट भएका ठगिमुलक घटना सम्वन्धी सचेत गराईएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपनिरिक्षक सन्तोष पाठकले जानकारी दिनुभयो।
जिल्ला प्रहरी कार्यालय नवलपुरको आयोजना र ग्लोबल आई एम ई बैक शाखा कावासोतीको संयोजनमा सुरु भएको अभियान अव निरन्तर चल्ने छ । समाजमा भएका ठगिका समस्यालाई नियन्त्रण गरि यी विषयबारे चेतना जगाउने उदेश्यका साथ कार्यक्रमलाई निरन्तरता दिने ग्लोवल आई एम ई बैक शाखा कावासोतीका ब्यवस्थापक सुनिल पौडेलले बताउनुभयो ।