प्राविधिको प्रयोग बाट बालबालिकामा पर्ने प्रभाव

नवलपुर,२० साउन ।
राष्ट्रिय निजि तथा आवासीय विधालय एसाेसिएसन नेपाल Npabsan नवलपुरको आयोजनामा अन्तरविद्यालय नाटक प्रतियोगिता मदनपुर ग्रिन भ्याली इङलिस बाेडिङ्ग स्कुल मदनपुरमा सम्पन्न भएकाे थियाे । प्राविधिको प्रयोग बाट बालबालिकामा पर्ने प्रभाव भन्ने विषयलाई समाज सुधारका लागि आधारभूत मानेर राखिएकाे एक फरक किसिमको नाटक थियाे। कार्यक्रमकाे सभापति npabsan नवलपरासी( पुर्ब)का अध्यक्ष रमेश अधिकारि रहनु भएकाे थियाे, प्रमुख अतिथी npabson का केन्द्रीय सचिव राजु पान्डेय हुन्नथ्यो साथै विशेष अतिथिमा गण्डकी प्रदेशका सदस्य धर्म राज लुइँटेल रहनु भएकाे थियाे।
कार्यक्रमका प्रमुख अतिथि पाण्डेले अहिलेकाे २१ अाैं शताब्दीमा प्रविधिक उपकरणहरुले बच्चाहरुलाई पढाइ भन्दा पनि माेवाईल फाेनमा धेर‌ै समय बिताउने भएकाले बच्चाहरुकाे पढाईमा नकारात्मक असर परेकाे बताउनु भएकाे छ। प्रविधिकाे प्रयाेग सकारात्मक भन्दा पनि नकारात्मक धेर‌ै भएका कारणले गर्दा विधार्थीका अभिभावकहरुलाई प्रविधिकाे सहि प्रयाेग कसरी गर्ने र यस प्रविधिबाट शिक्षालाई कसरी सहयाेग हुन्छ भने कुरालाई विशेष रुपमा अघि बढाउने सन्देश मुलुक जानकारी दिनु भयाे ।
नवलपुरकाे ६ विद्यालयहरुकाे सहभागीता रहेकाे थियाे भने प्रतिस्पर्धामा प्रथम हुन सफल भएकाे मदनपुर ग्रिन भ्याली ई. बो.स्कुल,दोस्राे हुन सफल भएकाे आइन्टाइन ई.बो.स्कुल र तेस्रो लर्ड बुद्ध एकेडेमी भएको थियाे ।नाटकमा विभिन्न विधालयका विधार्थीहरुकाे सहभागिता रहेकाे थियाे। समाजमा घटेका घटनाहरुलाई नाटकका रुपमा विधार्थीहरुले प्रस्तुत गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker