भरतपुर क्रिकेट क्लब मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता भाग लिन भारत प्रस्थान

चितवन । भारतको राजस्थानमा हुने मैत्रीपूर्ण एक दिवसीय तथा दुई दिवसीय क्रिकेट प्रतियोगितामा सहभागि हुने भरतपुर क्रिकेट क्लबका खेलाडीहरुलाई विदाई गरिएको छ ।
शुक्रबार भरतपुर महानगरपालिकाको सभाहलमा महानगर प्रमुख रेनु दाहालले प्रतियोगितामा सहभागि हुन लागेका १४ जना खेलाडीलाई एक कार्यक्रमका बीच विदाई गर्नु भएको हो ।
भरतपुर क्रिकेट क्लबका क्याप्टेन तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी दिपेश श्रेष्ठसहित चितवनका सिनियर टिमका खेलाडीहरु एक हप्ताको लागि राजस्थान प्रथान गरेको छ । विदाई कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले उच्च मनोबलका साथ नेपालको शिर उच्च पार्ने गरी प्रतियोगितामा सहभागि हुन शुभकामना व्यक्त गर्नुभएको थियो । भरतपुरमा निर्माणधिन गौतम वुद्ध क्रिकेट रंगशालाको रोकिएको निर्माण कार्य छिट्टै सुरु हुने मेयर दाहालको भनाई छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि भएर विजेता हुने खेलाडीलाई महानगरको कार्यविधि अनुसार आर्थिक सहयोग प्रदान हुने मेयर दाहालले उल्लेख गर्नुभयो । भरतपुरलाई खेलकुदको हब बनाउने गरी विभिन्न खेलकुदका पूर्वाधारहरु निर्माणको कार्य अगाडि बढाइएको उहाँले बताउनुभयो ।
सोही कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट प्रशिक्षक अनिल अधिकारीले भरतपुरमा निर्माणधिन गौतम वुद्ध क्रिकेट रंगशाला निर्माण सम्पन्न भए अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालले आयोजना गर्न सक्ने भएकाले छिटो निर्माणको काम अगाडि बढाउन मेयर दाहाललाई आग्रह गर्नुभएको थियो ।
भरतपुर महानगर खेलकुद समितिका अध्यक्ष विकास श्रेष्ठले प्रतियोगितामा सहभागि हुन लागेका खेलाडीलाई सकेको आफ्नो कलाकौशल प्रर्दशन गरी जिल्लाका साथै समग्र नेपालको नाम विश्वमाझ फैल्याउन अनुरोध गर्नुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker