न्यु क्यापिटल कलेजमा नयाँ विद्यार्थीलाई स्वागत

रत्ननगर । रत्ननगरको न्यू क्यापिटल कलेजमा नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएको छ । सो कलेजले कक्षा ११ मा भर्ना भएका नयाँँ विद्यार्थीहरुलाई अभिमुखीकरण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको छ ।

बरिष्ठ हास्यकलाकार मनोज गजुरेलले हास्य प्रस्तुति गर्दै विद्यार्थीलाई उर्जा प्रदान गरेका हुन । मनोज गजुरेलको धर्मपत्नी नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलले पनि विद्यार्थीलाई प्रोत्साहान एवं हौसला प्रदान गरेकी हुन ।

कलेज प्रमुख भुपेन्द्र धितालले कलेज जीवनको सुरुवात हास्य बिधाका महारथी मनोज गजुरेलका हौसलाबाट सुरु गर्न पाउनु पनि अहोभाग्य भएको बताए । कार्यक्रममा कलेजका छात्र छात्राले गीत प्रस्तुत गरेका थिए भने युनिक एकाडेमी तथा अन्नपूर्ण शिशु निकेतनका कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । सो कलेज रत्ननगरको उत्कृष्ट कलेजको रुपमा स्थापित भइसकेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker