जन्मदिनमा रोशन ओझाले बाँडे स्टेशनरी सामाग्री

मानिस सवैको स्वभाव एकै हुँदैन । कोही सामाजिक उत्तरदायित्व बोध गर्ने खालका हुन्छन, कोही त्यसप्रती मात्र सहानुभुति प्रकट गर्छन् भने कोही यस्ता कृयाकलापलाई पुरै बेखवर भएजसरी बेवास्ता गर्छन् । रोशन ओझा त्यस्ता युवा हुन जो सामाजिक उत्तरदायित्व निभाउन कहिल्यै पछी पर्दैनन ।

उदाहरणका लागि श्रावण २४ गते उनको जन्मदिनका दिनलाई हामी लिन सक्छौं । साथीभाइ संग फजुल खर्च गरेर आफ्नो जन्मदिन भब्य बनाउने रहर रोशनलाई भएन । बरु आफु भन्दा कम भाग्यमानीका लागि सुख दिने उनी माध्यम बन्ने जमर्को गरेका छन । लायन्सको मार्गमा लाग्दै गर्दा उनले क्लवका कियाकलापबाट आँफु प्रभावित भएको र अरुकोलाई केही राम्रो गर्न खोज्दा आनन्दको अनुभुती भएको रोशन बताउछन । रोशन लायन बर्ष २०२२ -२३ का लियो क्लव अफ नारायणगढ चितवनका क्लव ट्यामर हुन भने उनको क्लवको स्पोन्सर क्लव लायन्स क्लव अफ नारायणगढ चित्रवन हो ।


उनले आफ्नो जन्मदिनको उपलक्ष्यमा भरतपुर महानगरको दुई नम्बर वडामा रहेको ब्राइट स्टार सोसाईटी नामक बाल आश्रममा त्यहाँ अध्ययनरत बाबुनानीका लागि स्टेसनरी सामाग्री बितरण गरेका छन । उक्त बाल आश्रममा पन्ध्र जना बालबालिका रहेका छन । उनले ९ दर्जन कापी, २० पिस पेन, ४० पिस शिशाकलम, एउटा चित्र बनाउने कापी, ४० पिस इरेजर तथा ४० पिस सार्पनर स्टेशनरी सामाग्रीका रुपमा बितरण गरेका हुन ।


उक्त स्टेशनरी बितरण कार्यक्रमको सभापति लियो क्लव अफ नारायणगढ चित्रवनका अध्यक्ष बिमोचन आचार्यले गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथी लियोका जिल्ला अध्यक्ष पुरुषोत्तम सुबेदी एवं विशिष्ट अतिथी लायन्स क्लव अफ नारायणगढ चित्रवनका अध्यक्ष प्रबिनकुमार श्रेष्ठले गरेका थिए । उक्त कार्यक्रममा रिजन १० आरसी एवं क्लवका पुर्व अध्यक्ष हरीकुमार राजभण्डारी, क्लवका पुर्व अध्यक्ष हर्षमान श्रेष्ठ, डिष्ट्रिक एडभाइजर तथा क्लवका पुर्व अध्यक्ष बिकास पाण्डे, लियो डिष्ट्रिक काउन्सिल ३२५ उप सभापति किरण लामिछाने, पुर्व क्लव अध्यक्ष सन्तोष सुबेदी लगायतको उपस्थिती रहेको थियो ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker