रत्ननगरका प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई स्वागत

रत्ननगर । रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलाई स्वागत तथा सम्मान गरिएको छ । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले हालै रत्ननगरमा सरुवा भएर आउनु भएका सुवेदीलाई स्वागत तथा सम्मान गरिएको हो ।

एक औपचारिक कार्यक्रमका बीच संस्थाका अध्यक्ष भिष्मराज पौडेलले सुवेदीलाई खादा र माला लगाएर स्वागत तथा सम्मान गरेका हुन । सो अबसरमा प्रमुख प्रशासकीय अधिकृत सुवेदीले स्थानीय निकाय संगको सहकार्यमा खानेपानीको विकास र विस्तार गरिने बताए ।

विकास निर्माणको क्रममा आउन सक्ने समस्यालाई दुबैपक्षको सहकार्यमा हल गर्दै लैजाने उनको भनाई छ । संस्थाका अध्यक्ष पौडेलले स्थानीय निकायको नजरमा खानेपानी जस्तो आधारभूत विषय पर्न नसकेको भन्दै चिन्ता व्यक्त गरे । उनले खानेपानीलाई प्राथमिकतामा राखेर योजना बनाउन नगरपालिकालाई आग्रह समेत गरे । सचिव कृष्णप्रसाद नेपालले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष विष्णु पौडेलले स्वागत मन्तव्य राखेका थिए ।

 

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker