गायत्री हरिहर मन्दिरद्धारा प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत

रत्ननगर ३१ साउन । रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलाई मंगलवार स्वागत तथा सम्मान गरिएको छ ।

गायत्री हरिहर मन्दिर व्यवस्थापन समितिले हालै रत्ननगरमा सरुवा भएर आएका सुवेदीलाई स्वागत तथा सम्मान गरेको हो । एक औपचारिक कार्यक्रमका बीच संस्थाका अध्यक्ष नेमराज पौडेल, धर्मशाला निर्माण समितिका संयोजक शंकर गिरीले सुवेदीलाई खादा तथा रुद्राक्षको माला लगाएर स्वागत तथा सम्मान गरेका हुन् ।

कार्यक्रममा धर्मशाला निर्माणको उद्देश्यका बारेमा प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई जानकारी गराउदै सहयोगको लागि आग्रह गरेका थिए । सो अबरसरमा प्रमुख प्रशासकीय अधिकृत सुवेदीले धार्मिक सम्पदाको संरक्षणको लागि नगरपालिकाले प्रक्रियागत रुपमा सहयोग गर्ने बताए । मन्दिरका अध्यक्ष पौडेलले धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले धर्मशाला निर्माण गरिएको बताए ।

धर्मशाला निर्माण समितिका संयोजक गिरीले धर्मशाला जिल्लाकै धार्मिक पर्यटनको आर्कषणको केन्द्र बन्ने बताए । कार्यक्रममा वडा सदस्य उमा पौडेल सुवेदी, बरिष्ट उपाध्यक्ष निलकण्ठ पौडेल, मन्दिरका सचिव सोमप्रसाद भट्ट, कोषाध्यक्ष मुकुन्दशर्मा आचार्य, सहकोषाध्यक्ष सुरेश विष्ट, सदस्य सरला सुवेदी, लेखा समिति सदस्य लक्ष्मीनारायण पन्त, समाजिक अगुवा चन्द्रिका केसी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा गुरुकुलमका बटुलकहरुले स्वस्ती बाचन गरेका थिए ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker