राष्ट्रिय स्वतन्त्र पार्टीको रत्ननगर वडा नं ६ मा वडा कमिटी बिस्तार

राष्ट्रिय स्वतन्त्र पार्टिको संगठन बिस्तार तिव्र, जान्नेलाई छान्ने निती

०१ भदौ, बुधवार
रत्ननगर, चितवन

राष्ट्रिय स्वतन्त्र पार्टीले रत्ननगरको वडा नं ६ मा वडा कमिटी बिस्तार गरेको छ । पार्टीका नगर सभापति रामनाथ भट्टराईको सभापतित्वमा भएको बडा भेलाले दण्डपाडी रिजाललाई वडा संयोजकमा चयन गरेको हो । सोही भेलाले अरु दस सदस्यलाई समेत चयन गरेको छ । चयन भएका सदस्यहरु क्रमश : बोधराज महतो, परमेश्वर महतो, देवेनराज चौधरी, किरण तमाङ, पुष्पा देवी पौडेल, मदन ढुंगाना, सञ्जय चौधरी, विशेष महतो, नबिन आचार्य र दिपाश चौधरी रहेका छन ।


हाल देशमा ब्याप्त भैरहेको वेतिथी एवं भ्रष्टाचारको चंगुलबाट देश र जनतालाई मुक्त गर्न राष्ट्रिय स्वतन्त्र पार्टिको गठन भएको नगर सभापति रामनाथ भट्टराईले भेलामा बताए । अब जनताका दु:ख, पिर, मर्का बुझेकोलाई मौका दिनुपर्ने भन्दै भट्टराईले आफ्नो पार्टिको निती जान्नेलाई छान्ने रहेको र ५१ प्रतिशत युवा सहभागीता गराई हाम्रो रत्ननगरनगरपालिका भित्रका १६ बटै बडाहरुमा पनि शिघ्र वडा कमिटीहरुको बिस्तार गरिने बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker