नेपाली कांग्रेस रत्ननगर वडा नं २ को एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

०२ भदौ, बिहिवार
रत्ननगर, चितवन

नेपाली कांग्रेस रत्ननगर वडा कार्य समिती वडा नं २ ले यस वडाका पार्टी सम्वद्ध महिला कृयाशिल सदस्यलाई लक्षित गरेर एक दिने प्रशिक्षण तथा भेटघाट कार्यक्रमको आयोजना गरेको छ । वडा सभापति केशव नारायण श्रेष्ठको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथी बागमती प्रदेश सदस्य महेश प्रसाद रौनियार हुन । यस्ता प्रशिक्षण कार्यक्रमले पार्टी संगठनलाई मजबुत बनाउन मद्दत गर्ने रौनियारले बताए ।


कार्यक्रम संयोजक तथा महाधिवेशन प्रतिनिधि निता ढकालले महिलाको शक्तीलाई उपेक्षा गरेर कुनै पनि संगठनको परिकल्पना गर्नै नसकिने बताउदै गएको स्थानिय निर्वाचनमा गठबन्धनको नाममा महिलाले नेतृत्व पाउने अधिकारबाट बन्चित भएकाले अब आसन्न प्रतिनिधि र प्रदेश तहको निर्वाचनमा सोही गल्ती नदोहोर्याउन समेत सचेत गराएकी छन ।


रत्ननगर नगरपालिकाका नगर प्रमुख तथा पार्टी नगर सभापति प्रलाद सापकोटाले महिला, आमा, दिदी-बहिनीको मायाले आँफु उक्त पदमा पुगेको र सबै नारीहरुको भावना अनुरुपको कार्य आँफुले गर्ने मन्तब्यमा ब्यक्त गरेका छन । सम्पूर्ण नगरवासीको मुहारमा मुस्कान सदाका लागि बनाइराख्न र सेवक भै कार्य गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन ।


कार्यक्रममा महाधिवेशन प्रतिनिधि दिवाकर अर्याल, वडा नं २ का वडा अध्यक्ष राजेन्द्र घिमिरेले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा जिल्ला सम्न्वय समिती सदस्य संजिव पौडेल, वडा सदस्यहरु क्रमश : रमा भट्टराई, राधादेवी बिक र नरेन्द्र श्रेष्ठ, नगर उपसभापती अपिल अधिकारी, ट्रेड युनियन कांग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटा, नगर सदस्य क्रमश : रश्मी घिमिरे र बासुदेव लम्साल लगायतको उपस्थिती रहेको थियो ।


औपचारिक कार्यक्रमको संचालन वडा सचिव ईश्वर खड्काले गरेका थिए । कार्यक्रममा महिला दिदी बहिनीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker