जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर बाट अब भिडियो एक्सरे सेवा पनि

०२ भदौ, बिहिवार
रत्ननगर, चितवन

जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र रत्ननगर बाट भदौ ५ गतेदेखी भिडियो एक्सरे सेवा शुभारम्भ हुने भएको छ । उक्त दिन बिहान ७ बजे बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले समुद्घाटन गर्ने तय भएको कार्यालय प्रमुख डा. कोपिला अधिकारीले जानकारी दिएकी छन ।

बागमती प्रदेश अन्तर्गत प्रदेश पुर्वाधार, स्वास्थ्य प्रवर्धन तथा कोभिड पुनर्स्थापन साझेदारी कार्यक्रम अन्तर्गत स्वास्थ्य उपकरण खरीद शिर्षकमा बिनियोजित २० लाख रकम बाट सो उपकरण खरीद गरिएको डा. अधिकारीले जानकारी दिएकी छन । सेवा केन्द्रमा भिडियो एक्सरे सेवा थप भएपछी पेटका रोगहरु, पुरुष संग सम्बन्धित रोग prostate, महिलाको पाठेघरसंग सम्बन्धित रोग, मृगौला पथ्थरी, पित्त थैली पथ्थरी, थाइराइड, स्तनको गाँठा एवं गिर्खा लगायतका रोगीहरु लाभान्वित हुने डा. अधिकारीले बताइन ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker