भद्रकाली माविलाई चिनियाँ कम्पनीको दुई लाख सहयोग

रत्ननगर – रत्ननगर चितवनमा रहेको भद्रकाली माध्यमिक विद्यालयलाई एक चिनियाँ कम्पनीले २ लाख सहयोग गरेको छ । रत्ननगर १६ मै रहेको कुन्हा ईन्टरनेशनल अर्गानिक फर्टिलाइजर म्यानुफ्याक्चारिंग प्रा.लि ले विद्यालयलाई उक्त सहयोग रकम हस्तानान्तरण गरेको हो । विहिवार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका प्रतिनिधी मि. टोउ ले उक्त सहयोग रकम विद्यालयलाई प्रदान गरेका हुन् ।

कार्यक्रममा मन्तव्य राख्दै मि.टोउ ले शिक्षाको मन्दिरमा सहयोग गर्न पाउँदा आफु असाध्यै खुसि भएको बताए । वडाध्यक्ष हेमराज थापाले आफुहरुको कम्पनी स्थापना गर्न अति नै सकारात्मक सहयोग गरेको उल्लेख गर्दै टोउ ले वडाध्यक्ष थापाकै आग्रहमा आफुहरुले विद्यालयलाई सहयोग गर्ने निर्णय गरेको जानकारी दिए । कम्पनीका म्यानेजर तथा सम्पर्क व्यक्ति भक्तबहादुर थापाले कम्पनीले उत्पादन सुरु गरेपछि विक्रीको निश्चित रकम छुट्याएर विद्यालयलाई सहयोग गर्ने क्रम जारी रहने बताए ।

 

कार्यक्रमका सभापती समेत रहेका वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज थापाले विद्यालयको पूर्वाधार विकासको लागी आफु हरदम प्रयासरत रहेको उल्लेख गर्दै विभिन्न व्यक्ति तथा संघसंस्थालाई सहयोगको लागी आफुले आग्रह गरिरहेको उल्लेख गरे । आफुले सोचे जस्तो विद्यालय बनाउनको लागी स्थानिय सरकारको बजेट मात्र अपुग रहेको बताउँदै थापाले आफ्नो पहलमा सहयोग आउने क्रम जारी रहेको बताए ।

कार्यकम संचालक विद्यालयका प्रधानाध्यापक तिलकबहादुर कुँवरले सहयोग गर्ने कम्पनी र सहयोगको पहल गर्ने वडाध्यक्ष थापा दुवै धन्यवादको पात्र रहेको बताउँदै सहयोग रकम विद्यालयमा बस खरिदको लागी खर्च गरिने जानकारी दिए । विद्यालयले बस खरिद गर्ने अन्तिम तयारी गरिरहेको र नपुग रकम यसरी नै सहयोग जुटाउने कोसिस भईरहेको कुँवरले बताए । वडा नं. १६ कार्यालयले विद्यालयलाई बस गत आर्थिक वर्षको बजेट बाट रु. १५ लाख बिनियोजन गरेको छ ।

विद्यालयमा सहयोग गर्ने कम्पनी वडा नं. १६ खैरेटी मै निर्माणाधीन कम्पनी हो । अर्गानिक मल उत्पादन गर्ने उद्देश्यले स्थापना गर्न लागिएको कम्पनीमा चिनियाँ समुहको झन्डै १० करोड लगानी रहेको छ । कम्पनी निर्माण सम्पन्न भएर उत्पादन थालेपछि ५० जनाले रोजगारी पाउने म्यानेजर भक्तबहादुर थापाले जानकारी दिए । कम्पनीले रामपुर कृषि क्याम्पास संग समन्वय गरि २० विगाहा क्षेत्रफलमा कृषि अनुसन्धान कार्यक्रम पनि गरिरहेको छ ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker