रत्ननगर नगरपालिकाको स्वास्थ्य शाखाको वार्षिक समिक्षा गोष्ठी सम्पन्न

०५ भदौ, आइतबार
रत्ननगर, चितवन

रत्ननगर नगरपालिकाको स्वास्थ्य शाखाको वार्षिक समिक्षा गोष्ठी रत्ननगर नगर प्रमुख प्रलाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा नगर भित्रका १५ वटै स्वास्थ्य संस्थाहरुको आर्थिक बर्ष २०७८-२०७९ को वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत छविलाल सुबेदीले स्वास्थ्य शाखाको कार्य प्रगतिको प्रशंसा गर्दै आगामी बर्ष पनि जनउत्तरदायी र जनताको सच्चा सेवक भएर कार्य गर्न सुझाएका थिए ।

समिक्षा कार्यक्रममा रत्ननगर १३ का वडा अध्यक्ष पोटबहादुर घिमिरेले नयाँँ जनप्रतिनिधी आए संगै जनताको आकांक्षा पनि अझ चुस्त दुरुस्त सेवा प्रवाह होस् भन्ने चाहाना हुने भएकाले सोही मर्म बुझेर कार्य गर्न शुभकामना दिएका छन ।

स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेलले कार्यक्रममा स्वागत मन्तब्य राख्दै गोष्टीको उदेश्य र औचित्यता बारे प्रकाश परेका थिए । शाखा सम्वद्द संस्था प्रतिनिधिले आफ्नो प्रस्तुती पावर पोइन्टको माध्यमबाट राखेका थिए । कार्यक्रमको संचालन सिनियर अ न मि निरिक्षक रुकमाया शर्माले गरेकी हुन ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker