राष्ट्रिय स्वतन्त्र पार्टिको केन्द्रिय कमिटी बिस्तार

उपसभापती, महामन्त्री, सह-महामन्त्री र सह-कोषाध्यक्ष नियुक्त

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सभापतिपछिका पदाधिकारी चयन गरेको छ । पार्टीको सोमवार बसेको केन्द्रीय समिति बैठकले डोल प्रसाद अर्याललाई उपसभापति, मुकुल ढकाललाई महामन्त्री, कविन्द्र बुर्लाकोटीलाई सह-महामन्त्री र बसुमाया तामाङलाई सह-कोषाध्यक्षमा नियुक्त गरेको हो ।

बैठकले आगामी निर्वाचन प्रयोजनका लागि केन्द्रीय सदस्य विपिन आचार्यको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ । त्यस्तै, उम्मेदवार घोषणा गरेका स्वतन्त्र ब्यक्तिहरुसँग छलफल गर्नका लागि गणेश पराजुलीको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।

बेथितिविरुद्ध खबरदारी गर्ने उद्देश्यले केन्द्रीय सदस्य सोविता गौतमको संयोजकत्वमा र्‍यापिड एक्सन टिम गठन गरेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker