चितवनको प्रेसिडेन्सी कलेजले पायो प्रदेशस्तरीयको उत्कृष्ट बिजनेश स्कूलको उपाधि

चितवन। चितवनको प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साईन्सेसले बागमती प्रदेशस्तरीयको उत्कृष्ट बिजनेश स्कूलको उपाधि पाएको छ। न्यू बिजनेश एज प्रालिद्वारा काठमाडौंमा आयोजित “छैटौं न्यू बिज बी-स्कूल, मूल्याङ्कन, र्याङकिङ अवार्ड-२०२२’ कार्यक्रममा प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साईन्सेसले उत्कृष्ट बिजनेश स्कूलको उपाधि हासिल गरेको हो।

उक्त कार्यक्रममा दुई हजार भन्दा बढी कलेजहरूको सहभागी भएका थिए। उक्त कलेजहरूलाई पछाडि पार्दै उत्कृष्ट बिजनेश स्कूलको स्थान हासिल गर्न सफल भएको कलेजका प्राचार्या शभ्भु क्षेत्रीले जानकारी दिनुभयो ।

प्राचार्या क्षेत्री भन्नुहुन्छ, नेपालमा बिजनेश स्कुल र कलेजहरूको उन्नति र प्रगतिका लागि यस्ता खालका कार्यक्रमहरूले प्रेरणा दिन्छ अनि यस्ता कार्यक्रमहरू आयोजना भइरहनुपर्छ । यस अवार्डले कलेजका शिक्षक,कर्मचारीहरूलाई आगामी वर्षहरूमा झनै राम्रो काम गर्न प्रेरित गर्ने छ ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साईन्सेजले विगत १९ वर्षदेखि कक्षा ११ र १२, बि.बि.ए.र एम.बि.ए.को अध्यापन गराउदै आएको छ। कलेजले बंगलादेश, श्रीलंका, ताइवानका कलेज तथा विश्वविद्यालयसँग एमओयुमा हस्ताक्षर पनि गरेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker