कालिका इकाई समितिको चौंथो बार्षिक साधारण सभा सम्पन्न

चितवन, भदौ ११ । चितवन उद्योग संघ कालिका इकाई समितिको चौंथो बार्षिक साधारण–सभा सम्पन्न भएको छ ।

चितवन उद्योग संघ, कालिका इकाई समितिका अध्यक्ष चन्द्रकान्त सुवेदीको अध्यक्षता सम्पन्न साधारणसभामा कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मी प्रमुख अतिथि रहनु भयको थियो


प्रमुख अतिथि रेग्मीले कालिका क्षेत्रमा कोही नयाँ उद्यमी बन्ने दृढ संकल्प लिएर आउनुहुन्छ भने निःशुल्क तालिम, व्यवसायिक योजनाहरु प्रदान गर्न तयार रहेको बताए । उनले भने, ‘एक सफल उद्योगी बन्न धैर्यतासँगै योजना हुन जरुरी रहेकोले उद्योगीहरुले आफ्ना योजनाहरुलाई मजबुत बनाएर अगाडि बढ्नुपर्छ ।’

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि चितवन उद्योग संघ तथा चितवन औद्योगिक विकास साकोसका अध्यक्ष त्रिलोचन कँडेलले कालिका इकाई समितिमा नयाँ उद्योगीहरुको उत्साहजनक उपस्थितिले साधारणसभा सफल भएको बताए । उनले भने, ‘कालिकाका उद्योगीले उद्योगमा परेका नीतिगत समस्याहरुलाई संघ मार्फत ल्याएको खण्डमा संघले विभिन्न निकायहरुबाट सम्बोधन गर्न पहल गर्नुपर्छ ।’

त्यस्तै कार्यक्रमकी विशिष्ट अतिथि कालिका नगरपालिकाकी उप्रमुख विमला तामाङ्गले कालिका इकाई समितिको साधारणसभाले उद्योगीहरुमा अझ उत्साह पैदा गरेको भन्दै साधारणसभाको सफलताको शुभकामना व्यक्त गरिन् ।

त्यस्तै गरी कार्यक्रमका अतिथि कालिका नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष वीरेन्द्र तामाङले कालिकामा रहेका उद्योगीहरुलाई तालिम लगाएत व्यवसायिक योजनाहरुको खाँचो रहेको र कालिका क्षेत्रका उद्योगलाई टिकाई राख्न विभिन्न कार्यक्रमहरुको आयोजना गर्नुपर्नेमा जोड दिए ।

चितवन उद्योग संघ, कालिका इकाई समितिका अध्यक्ष चन्द्रकान्त सुवेदीले स्वागत मन्तव्य एवं बार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले भने, ‘चितवन उद्योग संघ कालिका इकाई समितिका उपाध्यक्ष ऋषिराम लामिछानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।’

साधारणसभामा चितवन उद्योग संघ कालिका इकाई का कालिका क्षेत्रका उद्योगीहरुको उपस्थिति रहेको थियो ।

चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ, कालिका इकाई समितिकी उपाध्यक्ष कल्पना आचार्यले धन्यवाद मन्तव्य सहित कार्यक्रम समापन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker