एमाले निकट बुद्धिजीवी परिषदको राप्ती नगर अध्यक्षमा खरेल

भदौ ११, राप्ती । नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद् राप्ती नगर कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । त्यस्तै अधिवेसनबाट प्रेमनाथ खरेलको अध्यक्षतामा नया कमिटी गठन गरिएको छ । राप्तीको खुरखुरेमा सम्पन्न प्रथम अधिवेशनबाट खरेलको अध्यक्षतामा १९ सदस्यीय कमिटी गठन भएको हो ।

परिषद्को उपाध्यक्षमा राजेन्द्र प्रसाद सिलवाल, सचिवमा सुधिर अर्याल, कोषाध्यक्षमा सन्तोष उप्रेती, सह-सचिवमा मलश्री थापा मगर र बिल बहादुर तामाङ्ग चयन भएका छन् । त्यस्तै नवनिर्वाचित पदाधिकारीहरुको आजै सपथ ग्रहण गराइएको छ ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा शिक्षा बिभाग उप प्रमुख जगन्नाथ थपलिया प्रमुख अतिथि रहनु भएको कार्यक्रमा नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिषद सदस्य सिंह बहादुर गोले, नेकपा एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, बुद्धिजिबि परिषद केन्द्रिय अध्यक्ष लक्ष्मी प्रसाद चालिसे, जिल्ला इन्चार्ज हरि आचार्य, नेकपा एमाले बागमती प्रदेश सह इन्चार्ज हरि पौडेल, प्रदेश कमिटी सदस्य इमानसिंह लामा, गोविन्द कँडेल लगायतको उपस्थिति रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker