अर्पणको तीज गीत प्रतियोगिता : दिदीबहिनी समुह प्रथम

१४ भदौ, मंगलवार
रत्ननगर, चितवन

चितवनको रत्ननगरमा आयोजना गरिएको प्रतियोगितात्मक तीज उत्सब कार्यक्रममा रत्ननगर १५ पिठुवाको राममन्दिर दिदीबहिनी समुह प्रथम भएको छ ।

रेडियो अर्पण १०४ दशमलब ५ मेगाहर्ज र अर्पण बचत तथा ऋण सहकारी संस्थाले संयुक्त रुपमा आयोजना गरेको सो प्रतियोगितामा प्रथम हुँदै २० हजार ५५५ रासीको पुरस्कार जित्न सफल भएको हो । प्रतियोगितामा रत्ननगर १६ को जौबारी टोल विकास संस्था द्धितीय भएको छ । उसले १२ हजार ५५५ रासीको पुरस्कार हात परेको छ । वडा नं १ को सुनौलो महिला समुह तृतीय र कालिका वडा नं २ को चित्रबन स्कुल सान्त्वना भएको छ । तृतीय हुनेलाई ५ हजार ५५५ र सान्त्वना हुनेलाई ३ हजार ५५५ रुपैया पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा रत्ननगर १५ को उद्यमशिल महिला समुहको उत्कृष्ट नृत्य घोषित भएको छ । उत्कृष्ट नृत्यलाई १ हजार ५५५ पुरस्कार प्रदान गरिएको हो । प्रतियोगितामा १२ वटा समुहको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रकासमणि सापकोटाको टिमले निर्णायकको भूमिका निभाएका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले तीजको मौलिकता जोगाउनु पर्ने बताए । आधुनिक समाजको विकाससंगै तीजको मौलिकता हराउदै गएको भन्दै कला र संस्कृतिको लागि पनि तीजलाई जीवित राख्न आवश्यक रहेको बताए । रेडियोका अध्यक्ष मेघनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद कन्चन खनाल, वडाध्यक्ष सोहेन्द्रराज खरेल,वडा नं ५ की कार्यबहाक वडाध्यक्ष निलु खतिवडा,रत्ननगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरी नारायणी डेभलपमेन्ट बैंकका कार्यकारी निर्देशक पशुपती पौडेल,एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसका नरहरी पौडेल लगायतले मन्तव्य राखेका थिए । रेडियोका उपाध्यक्ष यमन भूषालले स्वागत मन्तव्य राखेका कार्यक्रममा सचिव सुरज पौडेलले कार्यक्रमको उद्देश्यका बारेमा प्रकास पारेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker