खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठान रत्ननगरले पद्मश्री पुरस्कारबाट ३ जनालाई सम्मान गर्ने

चितवन, भदौ १६ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान रत्ननगरले समाजलाई गौरवपूर्ण योगदान पुर्याउने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई पद्मश्री गौरव पुरस्कारबाट सम्मान गर्ने भएको छ ।

वि.स २०७८ को पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको अर्को भोर कथासङ्ग्रह, तीसको दशकदेखि नेपाली आधुनिक कथाका क्षेत्रमा महवपूर्ण योगदान दिने कथाकार माया ठकुरी र लाखौं मानिसलाई आँखाको ज्याति प्रदान गर्ने अद्भुत नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई पद्मश्री गौरव पुरस्कारबाट सम्मानित गर्न लागिएको हो ।

प्रतिष्ठानले वि.स. २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहत्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ । त्यस्तै २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।

नेत्र चिकित्सक डा. सन्दुक रुइत
नेत्र चिकित्सक डा. सन्दुक रुइत

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव गरी तीन वटै पुरस्कारको राशी रु तीन लाख रहेको छ ।

तीन वटै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष भै कोजाग्रत पूर्णिमाका दिन प्रदान गरिने खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठान रत्ननगरका अध्यक्ष जीवा लामिछानेलले एक विज्ञप्ती जारी गर्दै जानकारी दिए ।

यस वर्ष पद्मश्री साहित्य पुरस्कारको निर्णायक समितिका संयोजक राम लोहनी र निर्णायक सदस्यहरु नयनराज पाण्डे र कुमारी लामा रहेको अध्यक्ष लामिछानेले बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker