राप्तीका पत्रकार सिंजालीको उपचारको लागि आर्थिक सहयोग

रत्ननगर । चितवनका अग्रज पत्रकार विरबहादुर सिंजालीको उपचारको लागि आइतवार आर्थिक सहयोग गरिएको छ । पूर्वी चितवन पत्रकार मञ्चले सिंजालीको उपचारका लागि २० हजार रुपैया आर्थिक सहयोग गरेको हो ।

राप्ती निवासी सिंजालीको घरमै पुगेर मञ्चका अध्यक्ष सहित पूर्व अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुले रकम हस्तान्तरण गरेका हुन । सिंजालीको निवासमा आयोजित एक औपचारिक कार्यक्रमका बीच मञ्चका अध्यक्ष होमनाथ सापकोटा, निर्वतमान अध्यक्ष रवि भट्ट, पत्रकार महासंघ चितवनका कोषाध्यक्ष तथा मञ्चका उपाध्यक्ष राजेन्द्र आचार्यले रकम हस्तान्तरण गरेका थिए ।

सिंजाली विगत लामो समय देखि मधुमेह र सुगरले ग्रसित भएर उपचार पछि घरमै छन् । उपचार र औषधि खरिदमा आर्थिक अभाव भएपछि पूर्व उपाध्यक्ष समेत रहेका सिंजालीलाई आर्थिक सहयोग गरिएको अध्यक्ष सापकोटाले बताए । २०५५ सालदेखि पत्रकारिता सुर गरेका सिंजाली २०५८ सालमा पत्रकार महासंघको सदस्य बनेका थिए । ग्रामिण क्षेत्रका मुद्दाहरुलाई सञ्चार माध्यमद्धारा राज्यको ध्यानाकर्षण गराउन सिंजालीले खेलेको भूमिका अहम रहेको छ ।

मञ्चका अध्यक्ष सापकोटाले लामो समय पत्रकारितामा योगदान गरेका पत्रकारहरुलाई भत्ता दिने विषयमा राज्यले तोकेको उमेरहद अस्विभाविक रहेको बताए । उनले निरन्तर २० बर्ष काम गरेका पत्रकारहरुलाई कार्यअबधिका आधारमा भत्ताको व्यवस्था गर्न माग गरे । पत्रकार महासंघका कोषाध्यक्ष तथा मञ्चका उपाध्यक्ष आचार्यले स्थानीय तहको समन्वयमा पत्रकारहरुलाई औषधि उपचार खर्चको व्यवस्था गर्ने गरी पहलकदमी भइरहेको बताए ।

अग्रज पत्रकार सिंजालीले पेशबाट अबकास लिएपछि रोग र भोकको अबस्था र्सिजना भएको बताए । मञ्चका सचिव ध्रुवराज खनालले सञ्चालन गरेको कार्यक्रममा सहसचिव विकास पौडेल, पत्रकारहरु निराजन घिमिरे, रामेश्वर सिजाल,विशाल आले,सन्तोष बस्ताकोटी,ध्रुव लामिछाने,मनिष अधिकारी,कमल ढकाल लगायतको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker