सर्लाहीका मुसहर महिला योजना माग गर्दै पुगे वडा कार्यालय

जनक कार्की,
सर्लाही । शिक्षा र चेतनाको अभावले लामो समय देखी पछाडीपरेका सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, बबरगञ्जका माझी, मुसहर महिला आफ्नो समुदायसँग सम्वन्धित विभिन्न योजना माग गर्दै वडा कार्यालयमा पुगेका छन् ।

तराईको सबैभन्दा पिछडिएको दलित समुदाय अन्तर्गत पर्ने मुसहर महिलाले मुसहर महिला सशक्तिकरण मन्चको बैठक बसेर समुदायको योजनाहरुको छनौट गरेर प्रथमिकतामा परेका योजनाहरु चन्द्रनगर गाँउपालिका २ बबरगञ्जस्थित वडा कार्यालयमा पुगेर आफ्नो समुदायको समस्या समाधान गर्न योजना माग गरेका हुन् ।

मुसहर महिलाले वडाध्यक्ष शम्भु साह तेली र वडा सचिव कीरण चौधरीलाई भेटेर जीविकोपार्जनमा टेवा पुग्ने अगरबत्ती, मैनबत्ती, सेनेटरी प्याड बनाउनेजस्ता सीपमूलक तालिम, मुसहर बस्तीमा सार्वजनिक धर्मशाला, सुरक्षित विद्युतीकरण तथा सोलार, शुद्ध खानेपानी तथा ढल निकास, सार्वजनिक शौचालय र तरकारी खेतीका लागि खेत उपलब्ध गराउन माग गरेका छन् ।

अन्डेफको सहयोगमा साउथ एशिया पार्टनरशीप नेपाल (साप–नेपाल) संस्थाद्वारा संचालित नेपालमा स्थानिय सरकारको लैगिंक उत्तरदायी सुशासन कार्यक्रम अन्तरगत गठन गरेका मुसहर महिला सशक्तीकरण मञ्च अन्तर्गत बबरगञ्जमा गठिन निर्सोमाई, राजदेवी, चमेली र सखरी मुसहर महिला कृषक समूहका मुसहर महिलाहरुले सङ्गठित भइ वडा कार्यालयमा पुगेर वडाध्यक्षलाई भेटेका।े योजना बुझाएका छन ।

बर्षौ देखी गाँस बास र कपास जस्तो आधारभुत कुरा बाट बन्चित मुसहर समुदाय आयआर्जन अहुदा विभिन्न समस्याबाट ग्रसित रहेको मुसहर समुदायको उत्थानमा ध्यान दिन अनुरोध गर्दै वडाध्यक्षलाई भेटेर विभिन्न माग राखेको निर्सोमाई महिला कृषक समूहकी अध्यक्ष रीतादेवी माझीले बताउनुभयो । मुसहर महिलाले ल्याएको योजनासहितको पत्र बुझ्दै वडाध्यक्ष शम्भु साह तेलीले मुहसर समुदायलाई सबैभन्दा पहिले जाँड–रक्सीको सेवन छाड्न आग्रह गर्नुभयो ।

अत्यधिक जाँड–रक्सी सेवन गरी पैसा धेरै खर्च गर्ने, आपसमा झै–झगडा गर्नेजस्ता आनिबानीले मुसहर समुदाय पछाडि परेको भन्दै वडाध्यक्ष साहले मुसहरको उत्थान र मुसहर बस्तीमा रहेका समस्या क्रमैसँग समाधान गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाल राष्ट्रिय मुसहर संघ सर्लाहिका अध्यक्षले इतिहासमै पहिलो पल्ट मुसहर समुदायका महिलाहरु योजना माग गर्न एकवद्ध भएर वडाकार्यालयमा गएको बताए कार्यक्रम संचालन भएर सबै वडाहरुमा यसरीनै महिलाहरु अग्रसर भएर सरसफाई गर्ने जाँडरक्सी जुवा तास र वाल विवाह विरुद्ध सचेतनामुलक अभियान चलाएको बताए ।

साप–नेपालका कार्यक्रम संयोजक जनक कार्कीले स्थानिय सरकारको लैगिंक उत्तरदायी सुशासन कार्यक्रम अन्तरगत सर्लाहीको चन्द्रनगर गाउँपालिका, बसबरिया गाउँपालिका, हरिपुर नगरपालिका र बरहथवा नगरपालिकामा ३२ वटा मुसहर महिला कृषक समूह गठन गरि कषि तथा पशु कार्यालयमा दर्ता गरीएको बताए ।

उक्त समूहहरुमा एक हजार ६०० मुसहर महिलाहरुलाई महिला सशक्तिकरण, सामाजिक जवाफदेहिता सामाजिक मुल्य मान्यता, स्थानिय निकायमा मुसहर महिलाहरुको सहभागीता अभिवृद्धिका लागी तालिम तथा रिफ्लेक्ट कक्षाहरु संचालन गर्दै आएको । समुहमा नियमित बचत गर्न प्रोत्साहन गर्ने, वडा तथा पालिकाको कार्यालयमा पहुँच पु¥याउने जन्म दर्ता, विवाह दर्ता, बिद्यालया भर्ना, नागरीकता जस्ता विषयमा सचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको साप–नेपालका कार्यक्रम संयोजक जनक कार्कीले जानकारी दिनुभयो ।

हाल चन्द्रनगरका १७ वटा समुहका करिव ८ सय मुसहर महिलाहरुलाई पाँच दिन सम्म महिला सशक्तिकरण, सामाजिक जवाफदेहिता, आयआर्जन लगाएतका विषयमा कक्षा संचालन भैरहेको बताए ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker