रत्ननगर वडा नं १६ मा बहुउद्देयीय सभाहल शिलान्यास

रत्ननगर । रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले पिठुवामा निर्माण गर्न लागिएको सभाहलको बुधवार शिलान्यास गरेका छन् ।

नगरपालिकाको सहयोगमा वडा नं १६ मा सुविधा सम्पन्न सभाहल निर्माण गर्न लागिएको हो । न्यू पिठुवा स्पोर्ट्स क्लबसंग सहकार्य गरी सभाहल निर्माण प्रक्रिया सुरु गरिएको मेयर सापकोटाले बताए । साविक पिठुवा गाविस अतार्थ वडा नं १४, १५ र १६ मा एउटा राम्रो सभाहल बनाउन सकिएको थिएन उनले भने स्थानीयको माग र आवश्यकताका आधारमा सभाहल निर्माण सुरु गरेका हौं । मेयर सापकोटाले नगरलाई पूर्वाधार निर्माणका हिसाबले भरिपूर्ण बनाउन बताए । खेलकुद तथा सभा सम्मेलन गर्न मिल्ने गरी बहुआयमिक सभाहल निर्माण हुने उनको भनाई छ ।

कार्यक्रममा उपमेयर यादबप्रसाद पाठकले पिठुवा क्षेत्रमा सभाहलको आवश्यकता महसुुस गरी निर्माण गर्न लागिएको बताए । नगरपालिको १० लाख र संघ र प्रदेश सरकारमा गरी एक करोडको लागतमा बहुउद्देश्यीय सभाहल निर्माण गर्न लागिएको हो । नगरपालिकाको १० लाख रुपैयाबाट निर्माणकार्य सुरु गरिएको छ । क्लवका अध्यक्ष समुद्र खड्का अध्यक्षतमा भएको कार्यक्रममा वडाध्यक्ष हेमराज थापाले सभाहल निर्माणपछि पिठुवा क्षेत्रमा गतिविधि बढ्ने बताए ।

कार्यक्रममा विज्ञ सल्लाहकार रामहरि न्यौपाने, वडा नं ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल, वडा नं १४ का वडाध्यक्ष होमनाथ रानाभाट,कार्यपालिका सदस्य देवेन्द्र भूजेल, भवन निर्माण समितिका संयोजक नेत्रप्रसाद घिमिरे, क्लवकाका उपाध्यक्ष संजिव थापा, क्लवका कोषाध्यक्ष सौगात भूजेल सहभागिता रहेको सो कार्यक्रम क्लवका सचिव प्रकासबाबु खनालले सञ्चालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker