राप्रपा नेता हरी अधिकारी प्रदेश ख बाट उम्मेदवारमा सिफारिस

चितवन

आसन्न मंसिर ४ गतेको चुनावको मिति तोकिएसंगै दलहरुको चुनावी सरगर्मी ह्वात्तै बढेको छ । पार्टि द्वारा प्रदत्त अधिकार अनुसार चुनावमा उठ्न इच्छुक आकांक्षीहरुले आफ्नो दलको क्षेत्रिय कमिटिमा नाम टिपाउने काम यतीबेला भैरहेको छ । नेपालको प्रमुख दल मध्येको राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि चुनावी गतिबिधी तिब्र भैरहेको छ । इमान्दार र भरोसायोग्य छवी निर्माण गर्दै गईरहेका पार्टिका अध्यक्ष राजेन्द्र लिंङ्देनले गर्दा पनि पार्टी प्रतिको आकर्षण बढ्दो देखिन्छ । भ्रष्टाचार बिरुद्धको कडा टिप्प्णी र आफ्नो संसद पदबाट नैतीकताको आधारमा रजिनामा दिनुले सर्वसाधारणको ध्यान खिचेको देखिन्छ । एकातर्फ पाँच राजनैतीक दलको गठबन्धन र टिकट बाँडफाँडको सकस बिद्यमान छ भने अर्का तर्फ प्रमुख दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी तालमेलको सम्भावना पनि बलियो बन्दै गैरहेको छ ।


राष्ट्रिय प्रजातन्त्र पार्टिको क्षेत्रिय कमिटिमा चितवन क्षेत्र नं १ प्रदेश ख का लागी उम्मेदवारको आकांक्षी दर्ज गराएका छन युवा नेता हरी अधिकारीले । पार्टी भित्र त उनको चर्चा छ नै आम सर्वसाधारणमा पनि परिचित पात्र हुन हरी अधिकारी । गत जेठ ०८ गते पार्टी अध्यक्ष लिङ्देनले अधिकारीलाई केन्द्रीय बाणिज्य क्षेत्र समन्वय विभागको सदस्य पदमा मनोनित गरेका थिए । विद्यार्थीकालिन समय देखी पार्टिमा सकृय अधिकारी पार्टीका जिल्ला सदस्य हुन । गणतन्त्र स्थापना पछी पनि संकटका बेला पार्टिको भरोसा बनेर उनले योगदान गरेको कार्यकर्ताहरु बताउछन । सामाजिक रुपमा सफल व्यवसायी र इमान्दार छवी बनाएका उनले रत्ननगर उद्योग संघ, लायन्स क्लव, रोटरी क्लव लगायतमा आफ्नो नेतृत्वबाट प्रभावित पारिसकेका छन ।


हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि सकृयता तारिफयोग्य रहेको पार्टी सम्वद्ध बताउदछन । सहयोगी र मिलनसार उनको स्वच्छ छवीका कारण उनी आकांक्षी मध्येका बलिया भएको आकलन गरिएको छ ।

चितवन क्षेत्र नं १ प्रदेश ख बाट हरी प्रसाद अधिकारी संगै, क्षेत्र न.१ अध्यक्ष बलराम खनाल, जिल्ला उपाध्यक्ष पिताम्बर आचार्य र जिल्ला सदस्य गणेश रायमाझीको पनि नाम सिफारिस भएको हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker