विपी जयन्तीमा गुरुकुलमका बटुकहरुलाई भोजन

रत्ननगर । रत्ननगर १३ जयमंगलामा रहेको श्रीराम बैदिक संस्कृत गुरुकुलममा रहेका बटुकहरुलाई भोजन गराईएको छ । १०९औं विपी जयन्तीको अबसरमा विपी कोइराला युवा नेतृत्व विकास मञ्चले आयोजना गरेको कार्यक्रममा बटुक तथा शिक्षकहरुलाई भोजन गराइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले विपी कोइरालाको राजनीतिक योगदानको चर्चा गर्दै कोइरालाले देखाएको बाटो अनुसार नेपालको राजनीति अगाडि बढ्न नसकेको उल्लेख गरे । जनतालाई सर्वोपरी मान्ने विपीको आर्दश र सिद्धान्तलाई नेपाली कांग्रेसले मात्र होइन नेपाली राजनीतिले अनुसरण गर्नुपर्ने उनको भनाई छ ।

मञ्चका अध्यक्ष हरि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका केन्द्रीय अध्यक्ष निलकण्ठ रिजाल, वडा नं १३ का वडाध्यक्ष सुवास घिमिरे, नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष रामप्रसाद अधिकारी,नेपाली कांग्रेसका जिल्ला सदस्य बासुराज पाण्डे, नेता लीला बहादुर गुरुङ, गुरुकुलमका अध्यक्ष ठाकुर प्रसाद लामिछाने लगायतले मन्तव्य राखेका थिए । कांग्रेस नगर सचिव अनिता अर्यालले स्वागत मन्तव्य राखेको कार्यक्रम सहसचिव रामचन्द्र पौडेलले सञ्चालन गरेका थिए ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker