श्री गायत्री हरिहर मन्दिर व्यवस्थापन समितिद्धारा माता दासिलाई स्वागत तथा सम्मान

चितवन, भदौ २४ । सानोमाया घर संस्थाकी संस्थापक तथा सञ्चालिका माता राधिका दासिलाई श्री गायत्री हरिहर मन्दिर व्यवस्थापन समितिले स्वागत तथा सम्मान गरेको छ । मन्दिर दर्शन गर्न आउने क्रममा दासिलाई मन्दिर व्यवस्पन समितिका पदाधिकारिहरुले स्वागत तथा सम्मान गरेको हो ।
प्रमुख अतिथि समेत रहेकी दासिले मन्दिरको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाईन् । यो जुनिमा जति सकिन्छ त्यति सत्कर्म तर्फ लाग्नु पर्ने उनले बताईन् । उनले भनिन्, ‘आमा बन्ने अवसर भगवानले चुनेर पठाउनु पर्छ, धर्मलाई आमाले अड्याउनुभएको छ ।’
स्वागत तथा सम्मान कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नेमराज पौडेल, वरिष्ठ उपाध्यक्ष निलकष्ठ पौडेल लगाएतले बोलेका थिए । धर्मशाला, निर्माण समितिका अध्यक्ष शंकर गिरिको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा मन्दिरका सचिव सोमप्रसाद भट्टले कार्यक्रम सञ्चालन गरेका थिए ।
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker