रत्ननगर खानेपानीको अध्यक्षमा माधव अर्याल चयन

चितवन २८ भदौं । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा माधव अर्याल चयन भएका छन् । संस्थाको १२औं बार्षिक साधारण सभा तथा छैंठौं अधिवेशनले अर्यालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा कृष्णप्रसाद सापकोटा, सचिवमा प्रताप डल्लाकोटी र कोषाध्यक्षमा सरस्वती लामा चयन भएका हुन । महिला सदस्यमा लक्ष्मीदेवी लामिछाने,मीना श्रेष्ठ, शशीकला प्रधान तथा खुल्ला सदस्यमा केशवनारायण श्रेष्ठ र इश्वर प्रसाद खनाल चयन भएका छन् ।

लेखा समिति संयोजकमा जीवनलाल नगरकोटी र सदस्यहरुमा कृष्णप्रसाद घिमिरे र पार्वती घिमिरे चयन भएका हुन । सहमतिको आधारमा खानेपानीको नेतृत्व चयनका लागि कांग्रेसका नगर सभापति समेत रहेका रत्ननगरका मेयर प्रल्हाद सापकोटा संयोजक रहेको कार्यदल बनाइएको थियो । चार प्रमुख दलका नगर नेतृत्वको कार्यदलले पद बाडफाँड गरी खानेपानीको समिति सर्बसम्मत गरेका हुन ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker