फार्मेसी अनुगमन गर्ने महानगरको सोच, उप-प्रमुख अधिकारी भन्छन “छिट्टै एक्सनमा जान्छौं” !

आशिष अधिकारी
असोज १ / भरतपुर

भरतपुर महानगरका कार्यबाहक नगर प्रमुख चित्रसेन अधिकारीले भरतपुरका औषधि पसलहरुमा व्यापक चलखेल भएको जनगुनासो आएको भन्दै छिट्टै अनुगमन गरिने बताउनु भएको छ । महानगरमा व्यापक रुपमा जनगुनासो आएको छ, कार्यबाहक नगर प्रमुख अधिकारीले भन्नू भयो, अब महानगर छिट्टै एक्सनमा जान्छ ।

नेपाल फार्मेसी सघ चितवनले शनिबार भरतपुरमा आयोजना गरेको जिल्ला स्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रमलाई उद्वघाटन गर्दै कार्यबाहक नगर प्रमुख अधिकारीले नागरिकको स्वास्थ्य माथी खेलवाड गर्ने छुट कसैलाई पनि नभएको बताउनु भयो । उहाँले
सि एम ए अध्ययन गरेका बिद्यार्थीहरुले भरतपुरमा फार्मेसी पसल सन्चालन गरेको जनगुनासो व्यापक आएको पनि प्रष्ट पार्नु भयो ।

स्वास्थ्य क्षेत्र मानबका लागि अति नै महत्त्वपूर्ण क्षेत्र भएकोले कुनै पनि ब्यक्ति वा सघ सस्थाले जान अन्जानमा लापरबाही गर्न नहुने उहाँको तर्क छ ।


मानव जीवन सग प्रत्यक्ष सम्बन्ध राख्ने औषधि जस्तो संबेदनसिल क्षेत्रमा लापरबाही नगर्न फार्मेसीसग सम्बन्धित निकायहरूलाई पनि उहाँले आग्रह गर्नु भयो ।

पछिल्लो समय भरतपुर मेडिकल सिटि र औषधिको हब बन्दै गएको प्रती खुशी व्यक्त गर्दै उहाँले आगामी दिनहरुमा अझ खुशी थप्ने काम नेपाल फार्मेसी सघले गरोस भन्ने पनि शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रममा चितवनका सातै पालिकाका प्रमुख, उप प्रमुख तथा वडा अध्यक्ष,कार्यपालिका सदस्यहरु तथा वडा सदस्यहरुको सहभागिता रहेको थियोे ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker