जेसिज सप्ताह सुरु

जेसिज सप्ताहको सुभारम्भको अवसरमा सौराहा लेडिज जेसिजले रत्ननगर ५ झुवानीमा रहेका दृस्टिबिहिन छात्र छात्रालाई खाना खुवाउदै जेसिज सप्ताह २०२२ को सुभारम्भ गरेको छ। सामाजिक उत्तरदायित्व निर्वाह गर्दै एक दिनको खाना खुवाईएको सौराहा लेडिज जेसिजकी अध्यक्ष स्वप्ना पौडेलले बताउनुभएको छ।

रत्ननगर ५ का वडा अध्यक्ष एवम कार्यक्रमका प्रमुख अतिथी बालकृष्ण चापागाईंले सौराहा लेडिज जेसिजले समाज परिवर्तनमा उल्लेख कार्य गरेको भन्दै प्रसंसा गर्नुभएको थियो।
कार्यक्रम सस्थाका अध्यक्ष स्वप्ना पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker