वाईसियल नेपाल वागमती प्रदेश संयोजकमा चितवनका साजन अधिकारी

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सहायक संगठन वाईसियल नेपाल वागमती प्रदेश संयोजकमा साजन अधिकारी चयन हुनु भएको छ । संगठनको दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित केन्द्रीय कार्यालयको पहिलो बैठकको निर्णय अनुसार अधिकारीलाई संयोजकको जिम्मेवारी तोकिएको हो । अधिकारी यसअघि वाईसियल चितवन जिल्ला ईन्चार्ज हुनुहुन्थ्यो ।


अधिकारी विस २०६२ मा चितवन माध्यामिक विद्यालय भरतपुरको अनेरास्वीयु क्रान्तिकारी इकाई अध्यक्ष हुँदै ०७२ सालमा चितवन जिल्ला संयोजक हुनु भएको थियो । विद्यार्थी राजनीतिपछि ०७३ मा वाईसियल जिल्ला उपाध्यक्ष भएर जिम्मेवारी बहन गर्नुभएको थियो । त्यसपछि ०७४ मा वाईसिलय राष्ट्रिय भेलाबाट केन्द्रीय सदस्य हुनु भएका अधिकारी चितवन जिल्ला संयोजक, ईन्चार्ज हुँदै प्रदेश संयोजक चयन हुनु भएको थियो ।
वाईसियल वागतमी प्रदेशको संयोजकको कार्यभार सम्हालेपछि अधिकारीले संगठनले दिएको कार्यादिशा अनुसार अगाडि बढ्ने बताउनुभयो । अधिकारीले युवाहरुलाई झण्डा र डण्डा बोक्ने साधनको रुपमा मात्र नभई आत्मनिर्भरता र उत्पादनमा जोडेर राज्यका निकायहरुमा युवाहरुको भूमिका स्थापित गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
यस्तै संगठनको चितवन जिल्ला ईन्र्चाजमा भानु न्यौपाने र संयोजकमा कमल कँडेल चयन हुनु भएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker