सौराहा लेडिज जेसिजद्वारा निशुल्क दांत तथा कान परिक्षण सिविर सम्पन्न

सौराहा लेडिज जेसिजले रत्ननगर २ टाँडीमा रहेको मदर्सा आइसा आवास गृहमा निशुल्क दन्त तथा कान परिक्षण शिविर सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बजारमा भैकन पनि स्वास्थ्य सेवा बाट बन्चित रहेका बिद्यार्थीहरुको चेक जाँच गरिएको छ।१३९ जनाको कानको परिक्षण गरिएकोमा ४७ जनाको कानमा समस्य देखिएको र ११५ जनाको दांतको परिक्षण गरिएकोमा ९७ जनामा समस्या देखिएको र औसधिको ब्यवस्था समेत सौराहा लेडि जेसिजले नै गर्ने सौराहा लेडिज जेसिजकी अध्यक्ष स्वप्ना पौडेलले बताउनुभएको छ।

कार्यक्रममा बोल्दै मदर्सा आईसा आवास गृहका सञ्चालक नज्म बिन मियाले सौराहा लेडिज जेसिजले समाज परिवर्तनमा उल्लेख कार्य गरेको भन्दै यश स्वास्थ्य सिविर बाट आफ्ना विधार्थीले स्वास्थ्य परिक्षण गरि स्वास्थ्य लाभ लिएको भन्दै प्रसंसा गर्नुभएको थियो।

कार्यक्रम सस्थाका अध्यक्ष स्वप्ना पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker