
०३ असोज, सोमवार
रत्ननगर, चितवन
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरले चितवनको आयुर्वेद सेवा कार्यक्रम सम्बन्धी सम्न्वयात्मक समीक्षा कार्यक्रमको आयोजना गरेको छ । संघिय सरकारका पुर्व शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रमका बिशिष्ट अतिथीहरु जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी शर्मा स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाँई लगायत मकवानपुर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका संचालक तथा व्यवस्थापन समिति अध्यक्ष मधुर बजगाँई, स्वास्थ्य मन्त्रालयका डा. रविन भुषाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर प्रमुख डा. कोपिला अधिकारीले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रमको अध्यक्षता जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र लगायत जिल्लाका सबै आयुर्वेद स्वास्थ्य संस्थाहरुले आर्थिक बर्ष २०७८/२०७९ को कार्ययोजना प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरका डा. देवेन्द्र यादवले संचालन गरेका हुन ।