लायन्स क्लव अफ चितवन नेशनल पार्कको बृहत आँखा शिविर

३१५ जना लाभान्वित, २७ जनामा मोतियाविन्दु

०३ असोज, सोमवार
शक्तिखोर, कालिका नगरपालिका

लायन्स क्लव अफ चितवन नेशनल पार्क, नेपाल नेत्रज्योती संघ भरतपुर आँखा अस्पताल, कालिका नगरपालिका वडा नम्बर ९ को कार्यालय र लायन्स क्लब अफ चितवन शक्तिखोरको संयुक्त आयोजनामा चर्तुर्मुखी माद्यमिक बिद्यालयमा निशुल्क आँखा परिक्षण शिविर संचालन गरिएको छ । शिविरमा ३१४ जनाको आँखा परिक्षण गरिएको हो जसमध्ये शिविरमा १०६ बर्षकी गंगा पाण्डे पनि हुन । शिविरको आँखा परिक्षण बाट २७ जनामा मोतियाविन्दु फेला परेको छ । त्यसमध्ये २२ जनालाई तत्कालै निशुल्क शैल्यकृयाका लागि भरतपुर आँखा अस्पतालमा व्यवस्था मिलाइएको हो । बाँकी अरु पनि शिविरबाट मोतियाबिन्दु पत्ता लागेकालाई पनि निशुल्क शैल्यकृया गर्ने ब्यवस्था गरेको लायन्स क्लव अफ चितवन शक्तिखोरका अध्यक्ष राकेश श्रेष्ठले जानकारी दिएका छन । सोही शिविरमा ५३ जनाले नेत्रदानका लागि प्रतिवद्धता फारम भरेका छन ।


कार्यक्रम कालिका नगरपालिका वडा नं ९ का वडाअध्यक्ष निलकण्ठ मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।


आँखा जस्तो संवेदनशील र अत्तिनै महत्वपूर्ण अंगको बिषयमा जनचेतना जगाउन लायन्सले यस्ता कार्यहरु सदैव अगाडी बढाएको डिष्ट्रिक एक्ज्युकेटिभ कोचिफ एवं लायन्स क्लव अफ चितवन नेशनल पार्कका संस्थापक अध्यक्ष निरज श्रेष्ठले बताए । सामान्य शैल्यकृया गर्दा आँखाको दृष्‍टि पुन लयमा फर्कदा मानिसले पाएको सन्तुष्टी र चेतनानै हाम्रो यो कार्यक्रमको ध्येय हो श्रेष्ठले थपे ।


लायन्स क्लव अफ चितवन नेशनल पार्कका अध्यक्ष राजु कायस्थले क्लवले यस्ता थुप्रै सेवाका कार्यहरु लिएर समाजमा जाने प्रतिवद्धता ब्यक्त गरे । निशुल्क आँखा शिविर मात्र नभएर नेत्रदानलाई पनि क्ल्वले प्रार्थमिकता दिएको उनले बताए । आफ्नो कार्यकालमा कम्तिमा १०० जना नेत्रदाता जुटाउने आफ्नो क्लवको लक्ष्य रहेको कायस्थले बताए ।

कार्यक्रममा क्लष्टर चिफ ओमलाल सापकोटा लगायतको उपस्थिती रहेको थियो ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker