नारायणी डेभलपमेन्ट बैंकबाट बिशेषधिकार कार्ड प्राप्त व्यक्तिलाई भरतपुर गार्डेन रिसोर्टमा छुट

भरतपुर । भरतपुर गार्डेन रिसोर्ट प्रा.लि. ले नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका बिशेषधिकार कार्ड प्राप्त व्यक्तिहरुलाई भरतपुर गार्डेन रिसोर्ट प्रा.लि.ले प्रदान गर्ने सेवा सुबिधामा छुट दिने भएको छ ।

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र भरतपुर गार्डेन रिसोर्ट प्रा.लि का महाप्रवन्धक सुधीर कुमार उप्रेतीले उक्त छुट सुबिधाको सम्झौतामा हस्ताक्षर गरेका छन् । बिशेषधिकार कार्ड होल्डरहरुले भरतपुर गार्डेन रिसोर्ट प्रा.लि.को सेवा उपयोग गर्दा आवासमा १५ प्रतिशत, खाना तथा पिय पदार्थमा १५ प्रतिशत छुट प्राप्त गर्ने छन ।

बैंकले बिभित्र बचतकर्ताहरु, शेयरधनीहरु लगाएत अन्य सरोकारवालाहरुलाई बिभित्र मापदण्डको आधारमा बिशेषधिकार कार्ड उपलब्ध गराउने र सो कार्डको आधारमा रिसोर्ट बाट लिने सेवामा छुट लिन सक्ने जनाएको छ । यस सम्झौतावाट बैंक तथा रिसोर्ट दुवै पक्षको व्यावसायिक सम्बन्ध तथा व्यवसाय सुदृढ हुने विश्वास लिइएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker