रत्ननगरलाई ‘सडक मानव’ मुक्त बनाउन अन्तरक्रिया

चितवन, असाज ४ । रत्ननगर नगरपालिकालाई सहयोगपेक्षि ‘सडक मानव’ मुक्त बनाउन अन्तरक्रिया गरिएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा नगरका वडा अध्यक्ष, सदस्य, कार्यपालिकाका सदस्यहरुबिच अन्तरक्रिया गरिएको हो ।

रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा मानव सेवा आश्रमका संस्थापक प्रमुख तथा केन्द्रीय अध्यक्ष रामजी अधिकारीले संस्था सञ्चान गर्नुको उद्धेश्य र चुनौतिका बारेमा प्रकाश पारेका थिए ।

सडकमा आश्रित वा सडकका पेटीहरुमा कष्टकर जीवन बिताईरहेकाहरुलाई उद्धार गरि उनीहरुलाई नयाँ जीवन दिनु नै हाम्रो मुख्य उद्धेश्य रहेको अधिकारीले बताए । जीवन नै जोखिममा रहेकाहरुको तत्काल उद्धार गर्ने पद्धती बसाल्न सहयोगापेक्षी सडक आश्रीत मानव मुक्त घोषणा गर्न आवश्यक रहेको उनको भनाई छ ।

१० वर्ष अगाडी हेटौँडामा मुख्य कार्यालय स्थापना गरेर सञ्चालन गरेको आश्रमको नेपालका ७ वटा प्रदेशका १९ वटा जिल्लामा शाखा कार्यालयहरु सञ्चालनमा रहेको उनले बताए ।

उनले भने, ‘२०८२ साल भित्र नेपाललाई सहयोगापेक्षी सडक आश्रीत मानव रहित राष्ट्र नेपाल निर्माण गर्ने संकल्प लिएका छौं ।’

अहिले सम्म ७ हजार ४३ जनालाई सडकका पेटीहरुमा कष्टकर जीवन बिताईरहेकाहरुको उद्दार गरिनुका साथै २ हजार ७ सय १४ जनालाई सुधार पश्चात पारिवारिक पुर्नमिलन गराईको उनले जानकारी दिए ।

अहिले नेपालको कर्णाली र गण्डकी प्रदेश सडक मानवमुक्त घोषणा भईसकेको छ । मकवानपुर जिल्ला, झापा जिल्ला, भरतपुर महानगरपालिका, गोरखा नगरपालिका, विराटनगर महानगरपालिका र विरगञ्ज महानगर पालिका मानवमुक्त घोषणा भईसकेको छ भने काठमाडौं महानगरपालिका घोषणाको तयारीमा छ ।

भरतपुर महानगरपालिका– ३ नारायणगढमा रहेको चितवन शाखाको भवन निर्माणमा सहयोगका लागि नेपथ्य ब्यान्डको सहकार्यमा आउदो मंसिर २५ गते नारायणगढमा सांगितिक कार्यक्रम गर्न लागिएको अधिकारीले बताए । मंसिर १६ गते देखि पौष १५ गते सम्म देशभरका ८ वटा स्थानमा सांगितिक कार्यक्रम गर्न लागिएको अधिकारीको भनाई छ ।

मानव सेवा आश्रमकी केन्द्रीय महासचिव सुशिला केसीले सडकमा आश्रीत साच्चिकै हो वा होईन, काम गर्न अल्छिले सडक पेटीमा आश्रीत रहेको छ भनेर पहिचान गरेरमात्र त्यस्ता व्यक्तिलाई आश्रममा लैजानुपर्ने बताईन् ।

कार्यक्रम रत्ननगर नगरपालिकाका उपप्रमुख यादव पाठकको सभापतित्वमा सम्पन्न भएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker