रत्ननगर उवा संघको बजार ब्यवस्थापन समितिको बैठक सम्पन्न

चितवन, असोज ७ । चाडपर्वलाई मध्यनजर गर्दे रत्ननगर उद्योग वाणिज्य संघको बजार ब्यवस्थापन समितिको बैठक शुक्रबार सम्पन्न भएको छ ।

बजार अनुगमन, मूल्यवृद्धि नियन्त्रण, उपभोक्ता हित संरक्षण तथा गुणस्तरीय वस्तुको सहज आपूर्तिका सम्बन्धमा आज बसेको समितिको बैठकले चाडपर्व नजिकिँदै गर्दा बजार व्यवस्थापन गर्न अति आवश्यक रहेकोमा जोड दिएको हो ।

अखाद्य वस्तुको मिसावट र कालोबजारी हुनेतर्फ सजग हुन उपभोक्तालाई समेत बैठकमा आग्रह गरेको रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा बजार व्यवस्थापन समितिका संयोजक शंकर गिरीले जानकारी दिए ।

बजारका मुख्य तथा भित्रि सडकहरुमा अव्यवस्थित पाकिंङ्ग व्यवस्थापन, पसहरुमा भएका अखाद्य बस्तुहरु अनुगमन, मूल्य सूची अनिवार्य, बजार सरसफाई, प्रेसर हर्न निषेध गर्न, सवारी दुर्घटना न्यूनीकरण तथा चोरी नियन्त्रणमा सहयोग पुर्याउन पसल व्यवसायीहरुका निजी सिसि क्यामेरासंग समन्वय गर्ने, सडक पेटी अपाङ्ग मैत्री बनाउन सम्बन्धित निकायहरुसंग समन्वय गर्ने गिरीको भनाई छ ।

यस्तै, उद्योग वाणिज्य संघको पहलमा दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन, पैदल यात्रीहरुलाई टाँडी बजारको आकाशे पुलको प्रयोग गर्न आग्रह गरिने उनले बताए ।

बैठकमा बजार ब्यवस्थापन समितिका सदस्य शिवलाल श्रेष्ठ, निर्मल बोहोरा, प्रविन पौडेल, उद्धव गौतम, सल्लाहकार रत्ननगर वडा नंं. २ का वडा अध्यक्ष राजेन्द्र घिमिरे, उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष केशव नारायण श्रेष्ठ, नारायणकाजी श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख रविनबाबु रेग्मी, ट्राफिक प्रहरी कार्यालय रत्ननगरका प्रमुख कृष्ण ठकुरी, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठको समेत उपस्तिथी थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker