प्रकाश सिग्देल
आमरण अनसनरत धार्मीक अभियान्ता प्रेमनिधि भारद्धाजले अनसन टोड्नु भएको छ । श्री गण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को आव्हानमा नारायणगढस्थित नारायणी नदी किनारमा आमरण तथा रिले अनसन सुरु भएको थियो । भरतपुर महानगर प्रमुख रेनु दाहालले उहाँका स्थानिय मागहरु सम्बोधन गरे संगै भारद्धाजले भरतपुर महानगर प्रमुख रेनु दाहाल र हरिहर सन्यास आश्रम देवघाटका पिठाधिस १ हजार ८ स्वामी नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वतीको हातबाट गंगाजल पिएर अनसन तोड्नु भएको हो ।
उहाले अनसन तोडेसंगै बिश्व हिन्दु महासंघ तथा आयोजक संस्थाले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । यहि ९ गते हुने भनिएको बिशाल प्रर्दशन समेत स्थगित गरिएको बिश्व हिन्दु महासंघका केन्द्रिय सदस्य टंकनाथ पौडेलले बताए ।
भारद्धाज स्थानिय ३ वटा र राष्ट्यि ६ वटा माग राखेर १ गते देखि नारायणी नदि किनारमा अनसन बस्नु भएको थियो ।
आयोजक समितिका तर्फबाट संघ्रष समितिका प्रमुख सल्लाहकार टंकनाथ पौडेल, संघ्रष समितिका सदस्य प्रकाश सिग्देल रहेको दुई सदस्य टोलि र महानगरका तर्फबाट महानगर प्रमुख रेनु दाहाल बिच महानगरमा दुई पक्षिय बार्ता गरेर माग सम्बोधन गर्ने प्रतिवद्धता भएसंगै मेयर रेनु दाहाल आफै अनसन स्थलमा पुगेर लिखित तथा मौखिक रुपमा माग सम्बोधन गरेपछि भारद्धाजलाई अनसन तोडाईएको संघ्रष समितिका प्रवक्ता धुर्व मिश्रले बताए ।
आफुहरुका स्थानिय माग सम्बोधन भएकाले अहिले अनसान तोडेको र आवस्यक परे फेरी अनसन गरिने मिश्रले बताए ।
मेयर रेनु दाहालले गंगाआरतिका लागी सुरक्षित स्थान निमार्ण गर्ने, स्नान घाट निमार्ण गर्ने, नियमित आरतीका लागी मासिक सुल्क उपलब्ध गराउने र गुरुकुलका बालबालिकाका लागी आवस्यक छात्रबृति उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो ।
आफना राष्ट्रिय मागहरुका बारेमा स्थानिय सरकारले ५ सम्म कार्यान्वयन नगरे आफु १५ गते बाट पुन आमरण अनसन बस्ने धार्मीक अभियान्ता प्रेमनिधि भारद्धाजले बताए ।
हिन्दुत्वको रक्षाको यो अभियान भएकाले यो अभियानले निरन्तर रुपमा अगाडी बढाउने बिश्व हिन्दु महासंघका केन्द्रिय सदस्य टंकनाथ पौडेलले बताए । मागहरु सम्बोधन गरेर अनसन रत भारद्धाजको जिवन रक्षा गरेको भन्दै संघ्रष समितिका संयोजक शान्त पोख्रेलले भरतपुर महानगर प्रमुख रेनु दाहाललाई धन्यबाद दिदै आगामी दिनमा हिन्दु धर्मको रक्षा र संरक्षण गर्न लाग्न आग्रह गर्नु भयो । यो अभियानलाई १२० भन्दा बढि धार्मीक संघ संगठनहरु तथा जिल्लाका राजनितिक दलहरुले प्रतिवद्धता जनाएका थिए ।